बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन सकेन : डाक्टर लोहनी ।

    समिकरण न्युज २०७७, २८ माघ बुधबार २१:११ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले आफ्नो धर्म निभाउन नसकेको बताउनुभएको छ ।
    गृह जिल्ला नुवाकोटका पत्रकारहरुसँग अन्तरक्रिया गर्नुहुदै डाक्टर लोहनीले सत्तामा बसेकाले इमान्दारी पूर्वक नागरिकको पक्षमा काम नगर्दा प्रतिपक्षले सत्ता पक्षलाई सहि मार्गमा ल्याउन नसकेको बताउनुभएको छ । “यो तीन वर्षमा शुसासन कुसाशनमा परिणत भएको छ । आर्थिक विकास सत्तामा बस्ने भुइबुट्टाहरुको मात्र भएको छ । आम जनता झन् समस्या पर्दै गएका छन् । भष्ट्रचार बढ्दै गएको छ । ४८ सालको राजनैतिक परिवर्तन पछि माओवादीको आन्दोलन विकल्पको रुपमा आयो । समाधान पछि नयाँ संविधान आयो । संविधान निर्माण पश्चात देश नयाँ राजमार्गमा हिड्यो भनेको अहिले राजमार्ग पनि भत्क्यो, ” डाक्टर लोहनीले भन्नुभयो, “सत्तामा रहेकाले इमान्दारी पूर्वक नागरिकको पक्षमा काम गर्न सकेन । सत्तामा बस्नेले बेइमानी गर्दा प्रतिपक्षले विरोध गरेर सहि मार्गमा ल्याउन पर्ने हो तर प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन सकेन ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी


    नेपालमा बलियो प्रजातन्त्रान्त्रिक र राष्ट्रवादी शक्तिको अत्यावस्यक रहेकोले त्यसको नेतृत्व गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी तयारी अवस्थामा रहेको लोहनीको भनाई छ । नेपालको हालको परिस्थिति राजनैतिक भागवण्डामा चलिरहेको भन्दै उनले भन्नुभयो, “राजनैतिक भागबण्डाको सस्कारले जरो गाडिरहेको छ । यसको विपक्षमा हाम्रो पार्टी रहेको छ ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी


    साथै लोहनीले प्रतिनिधि सभा विखटन असंवैधानिक कदम रहेको बताउनुभएको छ । डाक्टर लोहनीले विदुर स्थित जिल्ला पार्टी कार्यलयमा झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया