बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • “तीन दिने कृषि यन्त्र मर्मत तालिम” सम्पन्न

    समिकरण न्युज २०७७, २८ माघ बुधबार २१:३७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कृषि ज्ञान केन्द्र नुवाकोटद्धारा आयोजित “तीन दिने कृषि यन्त्र मर्मत तालिम” सम्पन्न भएको छ ।
    कृषि यन्त्र तथा उपकरणमार्फ कृषि पेशालाई अगाडी बढाइरहेका नुवाकोट र रसुवाका २२ जना उक्त तालिममा सहभागि भएका थिए । कृषि यन्त्र तथा उपकरणमा केही समस्या आएमा मिस्त्रिलाई देखाइरहनुपर्ने वाध्यतालाई अन्त्य गर्न उक्त तालिमको आयोजना गरिएको हो । प्रयोगात्मक रुपमा नै मिस्त्रि र इन्जिनियरको सहभागितामा सहभागीहरुलाई तालिम प्रदान गरिएको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले बताउनुभएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रहेर तालिम प्रदान गरिएको उहाँले बताउनुभएको छ ।

    कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनाल


    कृषि समूह, कृषि सहकारी तथा कृषि फार्म मार्फत प्रतिनिधित्व गरेर किसानहरु तालिममा सहभागी भएका थिए । कृषकहरुको मागको आधारमा कृषि यन्त्र मर्मत तालिम दियएको कृषि प्रसार अधिकृत रुक्मििणी अधिकारीले बताउनुभएको छ । तालिमको वुधबार समापन गरि सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया