शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा सक्रिय कोरोना भाइरस सङ्क्रमित सङ्ख्या ४१

    समिकरण न्युज २०७७, २८ माघ बुधबार २१:५९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
    तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार सात सय ५३ जना सक्रिय सङ्क्रमित छन् ।
    पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म दुई हजार ४७ सङ्क्रमितको ज्यान गएको छ ।
    यस्तै नुवाकोटमा हाल ४१ जना सक्रिय कोरोना भाइरस सङ्क्रमित रहेका छन् । ती मध्ये विदुर नगरपालिकाका २२ जना, वेलकोटगढी नगरपालिकाका १२ जना, लिखु गाउँपालिका र तादी गाउँपालिकाका तीनतीन जना, पञ्चकन्या, दुप्चेश्वर र तारकेश्वर गाउँपालिकाका एकएक जना सक्रिय सङ्क्रमित रहेका छन् ।
    जिल्लाको कुल १ हजार १ सय ३४ सङ्क्रमित मध्ये १ हजार ९२ जना कोरोना मुक्त भइसकेका छन् । १ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार १ सय ३५ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया