शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • दुप्चेश्वरमा आइतवार सार्वजनिक विदा ।

    समिकरण न्युज २०७७, २९ माघ बिहीबार २०:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिका नुवाकोटले सोनाम ल्होछारको अवसरमा १ दिन सार्वजनिक विदा दिएको छ ।
    गाउँपालिकाको ६८औँ गाउँकार्यपालिकाको बैठकले फागुन २ गते आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाद्धारा जारि गरिएको सूचनामा माघ ३०, फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ तर फागुन ३० गते शुक्रवार नेपाल सरकारले नै सार्वजनिक विदा दिएको छ भने फागुन १ गते सनिवार पर्दछ ।
    गाउँपालिकामा बसोवास गर्ने अधिकासं तामाङ समुदाय रहेको र सोनाम ल्होछार मनाउनेको बहुल्यता रहेको कारण सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सार्वजनिक विदाको दिन गाउँपालिकाको कार्यलय र गाउँपालिका अन्तर्गतका सरकारी कार्यलयहरु बन्द रहने सूचनामा उल्लेख छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया