बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कोरोनाको कारण पछिल्लो समय ५ जनाको मृत्यु ।

    समिकरण न्युज २०७७, २९ माघ बिहीबार २१:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५२ पुगेको छ । यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ ।
    यस्तै थप एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार सात सय १८ छ ।
    यस्तै नुवाकोटमा पछिल्लो समय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१ जनाको आरटि पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १ जनामा पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना भायरस सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ३५ पुगेको छ । यस्तै पछिल्लो समय ४ जना कोरोना मुक्त भएका छन् । यो सागै कोरोना मुक्त हुनेहरु १ हजार ९७ जना रहेका छन् । हाल जिल्लामा ३८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया