विदुर । कम्प्युटर एसोसियसन नेपाल महासंघ नुवाकोट शाखाको अध्यक्षमा पवन नेपाल चयन हुनुभएको छ ।
प्रथम साधारण सभा तथा अधिवेसनले सर्वसम्मत रुपममा नेपाललाई अध्यक्षमा चयन गरेको हो । जिल्ला शाखाको उपाध्यक्षमा दिलिप शाक्य, सचिवमा नारायण कुमार घले र कोषाध्यक्षमा मनिषकुमार शाह कलवार चयन भएका छन् । यस्तै सदस्यहरुमा लिडर श्रेष्ठ, बिशाल सापकोटा, सुनिल श्रेष्ठ रहेका छन् । शशीप्रसाद आचार्य र कृष्णबहादुर तामाङलाई सदस्यमा मनोनित गरिएको निर्वाचन समिति संयोजक नवदीप श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रथम साधारण सभा तथा अधिवेसनलाई संवोधन गर्नुहुदै कम्प्युटर एसोसियसन नेपाल महासंघका केन्द्रिय सदस्य भानु शर्माले सूचना तथा प्रविधि जगत दिन प्रतिदिन फराकिलो बन्दै गइरहेकोले गुणस्तरीय सेवा प्रवाह गर्नलाई व्यवसायीहरु एकवद्ध भइरहेको बताउनुभएको छ ।
कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल महासंघ धादिङका अध्यक्ष तिलक सिम्खडा, रसुवा संयोजक राजेन्द्र प्याकुरेलले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भइरहेकोले त्यसलाई रोक्न सस्था केन्द्रित हुनुपर्ने बताएका छन् । नुवाकोटमा २५ जना सस्थागत सदस्य र १० जना व्यक्तिगत सदस्य रहेका छन् ।
सूचना तथा प्रविधिसँग आवद्ध व्यवसायीहरुमा आइपर्ने समस्या समाधानको लागि शाखा केन्द्रित रहने जिल्ला अध्यक्ष पवन नेपालले प्रतिवद्धता जनाउनुभएको छ ।