शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • थापाको अध्यक्षतामा नुवाकोट फर्निचर तथा फर्निसिङ संघ गठन

    समिकरण न्युज २०७७, ६ फाल्गुन बिहीबार २२:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोट फर्निचर तथा फर्निसिङ संघ गठन गरिएको छ ।
    विहिवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनले अशोककुमार थापाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा लालबहादुर श्रेष्ठ, सचिवमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा जितबहादुर श्रेष्ठ, मानबहादुर कुमाल, प्रशान्त अर्याल, कृष्ण प्रसाद भट्ट र दिपक अधिकारी चयन भएका छन् । संघको सल्लाहकारमा सुभाष अमात्यलाई चयन गरिएको छ ।


    फर्निचनका सामाग्रीहरुको उत्पादनलाई वृद्धि गरी काठमाडौँबाट हुने आयातलाई रोक्न संघ केन्द्रित रहने सचिव महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । साथै यहाँ उत्पादित सामाग्रीलाई वाहिरी जिल्लासम्म निर्यात गराउने लक्ष्य रहेको उहाँको भनाइ छ । उपभोक्ता मैत्री व्यवसाय सञ्चालन गर्नलाई ब्यबसायीहरु एकजुट भएको समेत सचिव श्रेष्ठले बताउनुभएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायहरुको सङ्ख्या विदुर नगरपालिकामा मात्र २५ रहेको छ भने अन्य स्थानीय तहका व्यवसायीहरुलाई पनि संघमा आवद्ध गराउदै लैजाने सचिव श्रेष्ठले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया