बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • म्यागङ गाउँपालिकामा जीवन सुरक्षा कार्यक्रम सुरु

    समिकरण न्युज २०७७, ७ फाल्गुन शुक्रबार ०८:२० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको म्यागङ गाउँपालिकामा जीवन सुरक्षा कार्यक्रम सुरु भएको छ ।
    गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना तथा वानहर्ट वल्डवाइडको आर्थिक तथा प्राविधिक सहयोगमा जीवन सुरक्षा कार्यक्रम सुरु गरिएको हो । सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भई आमाको मृत्यु हुने गरेको पाइएकोले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने यस कार्यक्रमको मुख्य उदेस्य रहेको छ । तर अझै पनि घरमा नै सुत्केरी हुने परम्परा रहेको र आमाको ज्यान जोखिममा पर्ने गरेकोले जीवन सुरक्षा कार्यक्रम सुरु गरिएको स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सन्दिप सापकोटाले जानकारी दिनुभएको छ ।
    सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालित यस कार्यक्रमले नियमित रुपमा गर्भ जाँच गराउने, गर्भ रहेको चार महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरन चक्कि खाने, गर्भवती अवस्थामा गर्नुपर्ने स्याहार, सुत्केरी हुनु पूर्व गर्नुपर्ने तयारी तथा सुत्केरी स्याहारको विषयमा स्वयंशेविकाहरु मार्फत समुदायलाई जानकार गराइने स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सापकोटाले बताउनुभएको छ । उहाँको अनुसार आँठ महिने गर्भवती भएको घरमा स्वयंसेविकाहरुले घरभेट कार्यक्रम अन्तर्गत मातृ सुरक्षा चक्कि र नाभी मलम उपलव्ध गराउने छन् । मातृ सुरक्षा चक्किले सुत्केरी पश्चात हुन सक्ने रक्तश्रावलाई रोक्दछ भने नाभी मलमले बच्च्चाको नाबीमा हुन सक्ने सङ्क्रमणलाई जोगाउन मदत गर्दछ । घरमा नै मातृ सुरक्षा चक्कि र नाभी मलम उपलव्ध गराउदा स्वास्थ्य सस्था पुग्नु पूर्व नै सुत्केरी भएको खण्डमा प्रयोग गर्न सहज हुने विश्वास लिइएको छ ।
    यो कार्यक्रम सञ्चालनको लागि गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरुलाई २ दिने तालिम दिइसकिएको छ भने केही दिन पछि ६६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिइने स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सापकोटाले बताउनुभएको छ । आमा र बच्चाको स्वास्थ्य सुधारको लागि वानहर्ट वल्डवाइडले जिल्लाको १२ वटै स्थानीय तहमा काम गरिरहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया