बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • निर्वाचनको तयारीमा जुट्न देउवाको आग्रह

    समिकरण न्युज २०७७, ८ फाल्गुन शनिबार ०८:३० पढ्न लाग्ने समय 3 मिनेट

    विदुर । नेपाली काङ्ग्रेसका सभापती शेरवहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको पार्टी कार्यलय उद्घाटन गर्न आएका सभापती देउवाले निर्वाचन हुदैन हुदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए । “कि राजनिति छाडौँ कि चुनावको तयारीमा लागौँ । २ वर्ष पछि होस् कि अहिले होस् चुनाव भएरै छाड्छ । त्यसैले चुनावको तयारी गर्दैमा केही विग्रदैन,” सभापती देउवाले भने, “चुनावसित डराएर हुदैन । संसद विघटन गराउन सक्ने प्रधानमन्त्रीले चुनाव पनि गराउन सक्नुपर्छ ।”
    नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु केपी शर्मा ओलीको विरुद्धमा बोल्न थालेको भए पनि पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा बोल्न अझै हिच्किचाउने गरेको भन्दै सभापती देउवाले भने, “प्रचण्ड र वलीको विरुद्धमा बोल्न सक्ने पार्टी काङ्ग्रेसलाई बनाउन चाहान्छु । हिम्मतवाला पार्टी बनाउनु आवस्यक छ ।”
    नेपाली काङ्ग्रेसलाई निर्वाचनमा अन्य पार्टीले भन्दा पनि आफ्नै पार्टीको नेता कार्यकर्ताबिचको मनमुटावले हार्नुपरेको तितो यथार्थ सुनाउदै सभापतीले अबको दिनमा त्यस्तो गल्ति गर्न नहुने बताएका छन् । निर्वाचनमा उम्मेदवार छनौट गर्दा एकापसमा छलफल र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
    यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकासमान सिंहले जनताले दिएको अवसरलाई सदुपयोग गर्न कम्युनिष्टले नसकेको बताएका छन् । गत पुस ५ गते संसद विघटन गरेर कम्युनिष्ट नेतृत्वको सरकार असक्षम र नालायक हो भन्ने जानकारी दिएको उनको भनाई छ ।
    यस्तै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत रहेको बताएका छन् । साथै केसीले अबको निर्वाचनबाट नुवाकोटको दूई वटै निर्वाचन क्षेत्र काङ्ग्रेसको किल्ला हुने विश्वास समेत व्यक्त गरेका छन् । यस्तै केन्द्रिय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले कम्युनिष्ट पार्टीको आन्तरिक किचलोको कारण देशलाई अस्थिरता तर्फ धकेलेको बताएका छन् । कम्युनिष्टको गतिविधि देखेर कम्युनिष्टका उम्मेदवारलाई भोट दिएका मतदाताहरु पछुताइरहेको भन्दै आगामी निर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न मतदाता आतुर रहेको महतले बताए ।


    अर्का केन्द्रिय सदस्य कमला पन्त र बहादुरसिंह लामा तामाङले कम्युनिष्ट नेतृत्वको सरकारले देशको अस्मिता लुटेको आरोप लगाए । अधिनायकवादी शैलीले हत्या, हिंसा, बलत्कार जस्ता गतिविधि वढिरहेको उनीहरुले भनाई छ ।
    नेपाली काङ्ग्रेसका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले अबको निर्वाचनको परिणाम रुखमय हुने बताएका छन् ।
    नेपाली काङ्ग्रेस नुवाकोटको पार्टी कार्यलय उद्घाटन समारोहलाई संवोधन गर्दै युवा नेता थापाले नेपाली राजनितिको विसम परिस्थितिमा रुख ठिक ढङ्गले उभिएको खण्डमा सारा जनता रुख मुनि नै आउने भनाई व्यक्त गरे । “नेपाल कम्युनिष्ट पार्टीको दुई धारले नै चुनाव चिन्ह (सूर्य) आफ्नै हो भनिरहेको छ । चुनाव चिन्ह एका तिर गयो भने त्यहाँ बादल लागिरहेको छ । अर्कोतिर गयो भने त्यहाँ प्रचण्ड गर्मी छ । उखरमौलो गर्मि कसैले थेग्न सक्दैन । जनता रुखै मुनि आउछन्,” थापाले भने, “रुख ठिक ढङ्गले उभिनु पर्छ । सबैलाई आड दिन सक्नुपर्छ । आड र भरोषा दिन सक्यौँ भने हामी कहिल्यै हार्दैनौँ ।”
    प्रधानमन्त्री ओलीले संसद नभई संविधानको विघटन र संसदमाथी प्रहार नभई संविधानमाथी प्रहार भएको युवा नेता थापाको भनाई छ । प्रधानमन्त्रीले देशलाई प्रजातन्त्र स्थापना हुनु पूर्वको समयमा पुराएको आरोप लगाए । “सात साल भन्दा अगाडी एउटा राणा प्रधानमन्त्रीले जे बोल्यो त्यो कानुन हुनथ्यो । उसको सनक, उसको हुकुम, त्यहि शासन हुन्थ्यो । अड्डा अदालत उस्कै हुन्थ्यो । देशको ढुकुटी उसकै हुन्थ्यो । अहिले त्यो भन्दा के फरक भएको छ र ? त्यहि सिंह दरवार जहाँ श्री ३ मोहन शमशेर बस्थे अहिले श्री खड्कप्रसाद ओली बसिरहनुभएको छ । ओलीको सनक कानुन बन्न थालेको छ । ओलीलाई शनक चल्यो संसद चट,” नेता थापाले भने, “प्रधानमन्त्री ओली श्री ३ मोहन शमशेर बन्न चाहान्छ भने काङ्ग्रेसले पनि रााणा कालिन समयको काङ्ग्रेस बन्नु जरुरी छ । प्रधानमन्त्री ओलीलाई आँखामा आँखा मिलाएर भन्नुपर्छ । हुकुमको शासन नेपालमा चल्दैन । काङ्ग्रेस ज्यूदो छ । सेटिङको शासन नेपालमा चल्दैन । संविधानको शासन मात्र चल्छ भनेर हामीले भन्न सक्नुपर्छ । ”
    यस्तै अर्का युवा नेता एवं केन्द्रिय सदस्य प्रदिप पौडेलले सरकारले भासण मात्र गर्न सकेको तर जनताको हितको काम गर्न नसकेको आरोप लगाए । कम्युनिष्टले लोकतन्त्र माथी प्रहार गरकोले काङ्ग्रेसले कम्युनिस्टलाई चिन्ने अबसर पाएको पौडेलको भनाई छ । गणतन्त्रको जिम्मा गणतन्त्र बिरोधिलाई लगाउदा मकैबारीको जिम्मा बादरलाई लागए पछिको जस्तो परिणाम आएको पौडेलले बताए ।


    कार्यक्रममा काठमाडौँ, चितवन, रामेछाप, धादिङ, रसुवा, नुवाकोटका काङ्ग्रेस जिल्ला सभापतीहरुले काङ्ग्रेस कम्युनिस्टसँग नभई काङ्ग्रेस नै एक अर्का बिचमा मिल्नु जरुरी रहेको बताए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया