शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • तीन जना बन्दीको सजाय मिनाहा

    समिकरण न्युज २०७७, ८ फाल्गुन शनिबार ०९:२३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार नुवाकोटमा रहेका ३ जना बन्दीको सजाय मिनाहा गरिएको छ ।
    सजाय मिनाह प्राप्त गर्नेहरुमा जिलिङका नवराज रिजाल, सामरीकी सीता भनिने सुमिना तामाङ र बेतिनीका शिर लामा तामाङ रहेका छन् । उनीहरु तीन जना नै कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएका थिए । मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका, जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सरकारले बन्दीको सजाय मिनाहा गरेको हो । सजाय मिनाहा पाएका तीन जनालाई नै शुक्रवार आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला कारागार नुवाकोटका जेलर दुर्गा वाग्लेले जानकारी दिनुभएको छ ।
    हाल जिल्ला कारागार नुवाकोटमा १ सय ४१ पुरुष र १७ जना महिलाले बन्दी जीवन बिताइरहेका छन् । जेलर वाग्लेको अनुसार कारागारमा ५० जना पुरुष र २० जना महिलालाई राख्ने क्षमता रहेको छ । कारागारमा क्षमता भन्दा बढी पुरुष बन्दीहरु रहदा बसाई व्यवस्थापनमा चुनौती रहेको जेलर वाग्लेले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया