शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • अभिलाषीको एकल कविता बाचन कार्यक्रम सम्पन्न ।

    समिकरण न्युज २०७७, ९ फाल्गुन आईतवार ०८:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    दोलखाकी साहित्यकार देवकी अभिलाषीले नुवाकोट आएर १० वटा कविता बाचन गर्नुभएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानले शनिवार एकल कविता वाचन कार्यक्रम आयोजना गरेको थियो । उर्वरा फाउण्डेसनको अध्यक्ष समेत रहनुभएका अभिलाषीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७७ मा तृतीय स्थान हासिल गर्न सफल भएको ‘आमाः एक विश्वविद्यालय’ शिर्षकको कविता समेत वाचन गर्नुभएको थियो । उहाँले सुनाउनुभएको कविताहरु मानवीय संवेदनामा आधारित थिए भने वैदेशिक रोजगारमा गएका महिलाले भोग्नु परेको अनेक कष्ठलाई समेत कविता मार्फत प्रस्तु गर्नुभएको थियो । त्यस्तै आमाको दुःख बुझ्ने छोराको कथा देखि सन्तान हुर्काउदा बुवाले गर्नुपरेको सङ्घर्षलाई कविता मार्फत व्यक्त गर्नुभएको थियो ।


    कवि अभिलाषीले ‘धरातलभित्रको जिन्दगी’ र ‘भावनाको फूलहरु’ गरी २ वटा कविता सङ्ग्रह र ‘आसु पिउँदै हाँस्नेहरु’ नामक गीति संग्रह बजारमा ल्याइसक्नुभएको छ ।


    यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले जीवनमा आइपर्ने उत्तारचढावलाई साहित्यमा ढाल्न सकियो भने तितो भोगाई मिठो हुने बताउनुभएको छ ।

    व्यक्तिको जीवन नै एक कृतिको ठेलि रहेको भन्दै उहाँले सफल व्यक्ति हुनको लागि सङ्घर्ष गर्नु जरुर रहेको उहाँले बताउनुभएको छ ।


    नुवाकोट साहित्य प्रतिष्ठानले नियमित रुपमा श्रष्ठा सम्मान, रचना बाचन तथा साहित्यिक पदयात्रा सञ्चालन गर्दै आइरहेको छ । कोरोना भाइरसको महामारिको कारण रोकिएका कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्दै जाने नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया