
विदुर । विदुर नगरपालिका वडा नम्बर २ मा अवस्थित सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा चौथो अथिवेसनले नयाँ कार्य समिति चयन गरेको छ ।
शनिवार सम्पन्न चौथो अधिवेसनले रामप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा सन्जु तिमल्सिना, सचिवमा दिपकप्रसाद अधिकारी, कोषाध्यक्षमा रामप्रसाद रिमाल चयन भएका छन् । यस्तै सहकारीको सदस्यहरुमा नबराज कोइराला, रमादेवी न्यौपाने, रमेश अधिकारी, रामजी भट्ट, केशवप्रसाद अधिकारी, कृष्णपसाद अधिकारी र रू बहादुर ठकुरि हमाल चयन भएका छन् ।
सहकारीको लेखा समितिको संयोजकमा दिपकराज प्याकुरेल र सदस्यहरुमा बन्दना रिमाल र रामकृष्ण प्याकुरेल चयन भएका छन् ।