विदुर । ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवामा अवस्थित शोर्णिम बचत तथा ऋण सहकारी सस्था लिमिटेडले स्थापनाको १४औँ वार्षिक उत्सव मनाएको छ ।
सहकारीले स्थापनाको १४औँ वर्ष पार गरेसँगै मुद्धती खाता, जेष्ठ नागरिक खाता र खुत्रुके बाल बचत खाता सञ्चालनमा ल्याएको छ । मुद्धति खातामा रकम बचत गर्नेलाई ९ प्रतिसत व्याज, ७० वर्ष उमेर पार भएका जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक खातामा रकम जम्मा गरेमा ८ प्रतिसत ब्याज उपलव्ध गराउने सहकारीका अध्यक्ष कृष्णमान डङ्गोलले जानकारी दिनुभएको छ । बालबालिकालाई बचत गर्न बानी बसाल्ने उदेस्यको साथ सञ्चालनमा ल्यायएको खुत्रुके बाल बचत खातामा रकम जम्मा गर्नेलाई साढे ६ प्रतिसत व्याज उपलव्ध गराउने अध्यक्ष डङ्गोलले जानकारी दिनुभएको छ ।
सहकारीमा हाल १ हजार ३ सय ४० को हारहारीमा शेयर सदस्य रहेका छन् । साधारण बचत र ऋण प्रवाह गर्दै आइरहेको सहकारीले आगामी दिनमा शेयर सदस्यहरु बढाउनुको साथै गाउँगाउँमा कृषक समूह गठन गर्ने लक्ष्य राखिएको अध्यक्ष डङ्गोलले जानकारी दिनुभएको छ । बाजो जमिनको प्रयोग गरि कृषहरुलाई आर्थिक रुपमा सबल बनाउनलाई सहकारीले १० प्रतिसत व्याजमा ऋण प्रवाह गर्ने योजना सहकारीले लिएको छ ।