शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा १ जना कोरोना भाइरस सङ्क्रमित थपिए

    समिकरण न्युज २०७७, १५ फाल्गुन शनिबार २२:०५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पछिल्लो समय नुवाकोटमा १ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
    आरटि पिसिआर विधिबाट ५३ जनाको परिक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४५ पुगेको छ । तिमध्ये १ हजार १ सय ३५ जना कोरोना मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ । हाल जिल्लामा ९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये विदुर नगरपालिकाका ४, शिवपुरी गाउँपालिकाका ३, तादी गाउँपालिका र वेलकोटगढी नगरपालिकाका एकएक जना सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार हालसम्म ६ हजार ७ सय ३० पुरुष र २ हजार ५ सय ७९ जना महिला गरी ९ हजार ३ सय ९ जनाको आरटि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
    २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।
    पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ सय ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिले नौ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया