शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

    समिकरण न्युज २०७७, १५ फाल्गुन शनिबार २२:१८ पढ्न लाग्ने समय 2 मिनेट


    विदुर । ‘सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने उद्घोषको साथ निर्माण गरिएको पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई कागजमा मात्र सिमित नराखि कार्यान्वयन गर्नु जरुरी रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभएको छ ।
    मानव अधिकारको सम्मन, संरक्षणा र सम्वद्र्धन गर्दै विधिको शासन कायम गर्ने, नेपालको संविधान तथा कानुनद्धारा प्रत्याभुत मानव अधिकारको वास्तविक उपभोग गर्न वातावरण सिर्जना गर्ने र मानव अधिकार प्रतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय दायित्व कार्यन्वयन गर्ने उदेस्यको साथ आर्थिक वर्ष २०६१÷६२ देखि मानव अधिकार राष्ट्रिय कार्ययोजना तयार पारिदै आएको छ । राष्ट्रिय मानव अधिकार आयोग हरिभवन ललितपुरले विदुरमा आयोजना गरेको पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले प्रजातन्त्रको उदय पछि मानव अधिकारको क्षेत्रमा प्रगति भइरहेको बताउनुभएको छ । मानव अधिकारको विषयलाई उठाइरहदा कर्तव्यलाई पनि स्वंय व्यक्तिले भुल्न नहुने बताउनुभएको छ ।


    यस्तै जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सारा थापाले अधिकासं महिलाहरु आफ्नो अधिकारबाट बन्चित भएको बताउनुभएको छ । महिला र पुरुष बराबर भन्ने नारा लगाएर हिडे पनि बास्तविकतामा फरक रहेको उहाँको भनाई छ । अझै पनि महिलाहरुलाई अवसर प्रदान गर्न हिच्किचाउने मानसिकता ज्यलन्त रहेको उहाँले बताउनुभएको छ ।
    कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले आफू नेतृत्वमा आइसके पछि नागरिककै मागको आधारमा बजेट विनियोजन गरेर कार्यन्वयन गर्दै आइरहेको बताउनुभएको छ । मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा गाउँपालिका तल्लिन रहेको उहाँको भनाई छ ।
    यस्तै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कानुनी अल्झनको कारण मानव अधिकारहरु हनन भइरहेको बताउनुभएको छ । तर जिल्ला प्रशासन कार्यालय नुवाकोटको हकमा सेवाग्राहीले सेवा लिने विषयमा कुनै अल्झन नरहेको बताउनुभएको छ । सेवाग्राही मैत्री प्रशासन निर्माणमा आफू निरन्तर जुटिरहेको उहाँको भनाई छ ।
    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत खिलानाथ बस्यालले पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिसदले पारित गरिएको पाँचौँ कार्ययोजना कार्यान्वयनको सम्वन्धमा नुवाकोटमा पहिलो जिल्लाको रुपमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नागरिकको आर्थिक, समाजिक, सास्कृतिक अधिकार संरक्षणको लागि कार्ययोजना बनाइएको मानव अधिकार अधिकृत बस्यालले बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय कार्ययोजना समन्वय संयनत्र अन्तर्गत संघिय समन्वय समिति, प्रदेश समन्वय समिति, जिल्ला समन्वय समिति र स्थानीय तह समन्वय समिति रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया