शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटको माटो र नागरिकको हितको लागि जहाँ रहेता पनि कटिवद्ध भएर काम गर्नेछु ।

    समिकरण न्युज २०७७, १७ फाल्गुन सोमबार २३:१० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । “एक दिनमा एउटा सुधार” गर्नुपर्छ भन्ने लक्ष्य लिएर सेवाग्राहीको हितमा काम गर्न तल्लिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा सरुवा हुनुभएको छ ।
    शुक्रवार गृह मन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी ढकाल सहित ५२ जना प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको थियो । गृह मन्त्रालयको निर्णय अनुसार अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा कार्यभार सम्हाल्नको लागि सोमबार नुवाकोटबाट विदाइ हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले नुवाकोट छाड्नु अघि वागमती प्रदेशका उपसभामुख राधिका तामाङको स्वर्गीय आमा बुवा शेरवहादुर तामाङ र राम्री तामाङको नामबाट स्थापना गरिएको शेरा स्मृति प्रतिष्ठानले फेरी भेटौला कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी ढकालले नुवाकोटको माटो र नागरिकको हितको लागि जहाँ रहेता पनि कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


    पिपलटार ढुङ्गे सडक खण्डको लाभग्राहीहरुलाई मुआब्जा दिलाएर सडक निर्माणलाई सहज बनाउने र अलपत्र अवस्थामा रहेको पिपलटार रानीपौवा बालाजु सडक खण्डलाई स्तरउन्नती गराउने योजना रहेता पनि नुवाकोट बस्दा सम्भव नभएकोले अध्यागमन विभागमा गएता पनि ती कामलाई पूर्णता दिन हरसम्बत प्रयास गरिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।


    दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी स्थित नेगीमा रहेको ढुङ्गा व्यवस्थापन गर्नलाई बजेट निकासा हुने क्रममा रहेको उहाँले बताउनुभएको छ । वर्षात अघि उक्त ढुङ्गाबाट प्रभावित हुने ४७ परिवारलाई बस्ति स्थानान्तरण गरिसक्ने प्रतिवद्धता जनाउनुभएको छ । सूर्यगढीको ड्वाचे खानेपानी आयोजना नागरिकको घरघरमा पुराउन बाधा अड्चनहरु आइरहेकोले त्यसको समाधानको लागि निरन्तर प्रयासरत रहने उहाँले प्रतिवद्धता समेत जनाउनुभएको छ ।


    प्रमुख जिल्ला अधिकारी ढकालको करिव साढे ७ महिनाको नुवाकोटको बसाईमा भएका प्रशासनिक सुधार तथा नियम अनुसार जिल्लाका गतिविधि सञ्चालन गराउदा नुवाकोटको मुहार फेरिएको महसुस हरेक नागरिकले गरेका छन् । आफ्नो कार्यकालमा भएका सुधारहरुको नियमित रुपमा निगरानी राख्ने जिम्मा नागरिककै रहेको भन्दै उहाँले अब आउनुहुने प्रमुख जिल्ला अधिकारीलाई पनि आफूलाई जत्तिकै साथ, सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । साथै उहाँले नुवाकोटलाई कार्य क्षेत्र बनाएर बस्ने रहर पूरा नभएकोले फेरी फर्कने बचनबद्धता समेत दिनुभएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया