शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिताको उपाधी दुप्चेश्वरलाई ।

    समिकरण न्युज २०७७, २४ फाल्गुन सोमबार २२:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिताको उपाधी दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ ।
    सोमबार पञ्चकन्या गाउँपालिका ‘ए’ र दुप्चेश्वर गाउँपालिका बिच फाइनल खेल भएको थियो । पाँच सेटमा खेलाइएको फाइनल खेलमा दुप्चेश्वर गाउँपालिकाले ३ सेट र पञ्चकन्या गाउँपालिका ‘ए’ ले २ सेटमा जित हासिल गरेको थियो ।

    प्रतियोगितामा उपाधी जित्न सफल दुप्चेश्वर गाउँपालिकालाई पुरस्कार प्रदान गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ

    पञ्चकन्या गाउँपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विजेता दुप्चेश्वर गाउँपालिकालाई १ लाख रुपैयाँ, द्धितीय हुने पञ्चकन्या ‘ए’ लाई ७५ हजार रुपैयाँ, तृतीय हुने म्यागङ गाउँपालिकालाई ५० हजार रुपैयाँ र सान्तोना हुने पञ्चकन्या ‘बि’ लाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

    प्रतियोगितामा दोश्रो हुन सफल पञ्चकन्या गाउँपालिका ‘ए’ लाई पुरस्कार प्रदान गर्नुहुदै दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ

    प्रतियोगितामा तृतीया हुन सफल म्यागङ गाउँपालिकालाई पुरस्कार प्रदान गर्नुहुदै शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी

    आरोग्यता र समृद्धिका लागि खेल भन्ने उद्घोषका साथ सञ्चालित उक्त प्रतियोगिताको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भौतिक पक्षमा हुने सुधारलाई मात्रै विकास मान्ने गरिएकोले मानव विकासलाई पनि भौतिक विकाससँगै अघि बढाउनु आवस्यकता रहेको बताउनुभएको छ । भौतिक विकासलाई प्रयोग गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु अहिलेको चुनौती रहेको उहाँको भनाई छ । देश संघियतामा गएसँगै स्थापना भएका स्थानीय तहहरुले खेल क्षेत्रको विकासमा गरेको लगानीले खेल प्रेमी युवाहरुलाई खेल क्षेत्रमा नै भविष्य बनाउन प्रेरित गरिरहेको बताउनुभएको छ ।
    चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिता सञ्चालन गरिएकोले आगामी वर्षहरुमा पनि निरन्तरता दिने पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङले प्रतिवद्धता जनाउनुभएको छ ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया