शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटको स्थानीय तहमा नेपाल मानव अधिकार सङ्गठनको संयोजक चयन

    समिकरण न्युज २०७७, २६ फाल्गुन बुधबार १४:१६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको १२ वटै स्थानीय तहमा नेपाल मानव अधिकार सङ्गठनको संयोजक चयन गरिएको छ ।
    नेपाल मानव अधिकार सङ्गठन बागमती प्रदेश स्तरिय परिसद सम्मेलनको अबसर पारेर जिल्लाको स्थानीय तहहरुमा संयोजक चयन गरिएको हो । जिल्ला अध्यक्ष बसन्तजंग ठकुरिको अनुसार बिदुर नगरपालिकामा राजकुमार आचार्य, बेलकोटगढी नगरपालिकामा आइसिङ तामाङ, पञ्चकन्या गाउँपालिकामा सूर्यबहादुर तामाङ, सुर्यगढी गाउँपालिकामा अच्युत ढकाल, ककनी गाउँपालिकामा दिनेश रुम्बा संयोजकमा चयन भएका छन् ।
    यस्तै तादी गाउँपालिकामा श्याम पाण्डे, शिबपुरी गाउँपालिकामा बुद्धिमान तामाङ, किस्पाङ गाउँपालिकामा धर्मराज भट्ट, म्यागङ गाउँपालिकामा सुर्यमान तामाङ, तारकेश्वर गाउँपालिकामा केदारप्रसाद घिमिरे, दुप्चेश्वर गाउँपालिकामा होमबहादुर तामाङ र लिखु गाउँपालिकामा हरेराम भण्डारी चयन भएका छन् ।
    स्थानीय तहमा चयन भएका संयोजकहरुले एक हप्ता भित्रमा आ–आफ्नो स्थानीय तहमा समितिलाई पुर्णता दिएर जिल्ला कार्य समतिलाई प्रतिवेदन उपलव्ध गराउनुपन जिल्ला अध्यक्ष ठकुरिले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया