शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नेपाल मानव अधिकार संगठन बागमती प्रदेश स्तरीय परिषद सम्मेलन सम्पन्न ।

    समिकरण न्युज २०७७, २६ फाल्गुन बुधबार १५:१० पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । संयुक्त राष्ट्र संघले उल्लेख गरेको मानव अधिकारका विषयबस्तुहरु नेपालको संविधानमा समेत उल्लेख भएता पनि कार्यान्वयनको अवस्था भने फितलो रहेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले बताउनुभएको छ ।
    नेपाल मानव अधिकार संगठन बागमती प्रदेश स्तरीय परिषद सम्मेलनको समापन कार्यक्रमलाई संवोधन गनुृहुदै डाक्टर महतले नेपालले लोकतान्त्रिक युगमा प्रवेस गरेसँगै मानव अधिकारका विषयहरु संवोधन हुन थालेको भए पनि अझै सम्म व्यक्ति आधरभूत अधिकार प्राप्त गर्नबाट बन्चित हुनु दुर्भाग्य रहेको बताउनुभएको छ । सम्मान, सुरक्षा, स्वतन्त्रता र संरक्षणको साथ बाच्न पाउनु व्यक्तिको अधिकार भएता पनि सरल र सहज रुपमा मौलिक हक अधिकार प्रयोग गर्नबाट व्यक्ति बन्चित हुनुपरेको उदाहरण प्रशस्त रहेको उहाँको भनाई छ । मानव अधिकार हनन भएको जानकारीमा आएमा अन्यायमा परेकालाई निस्वार्थ रुपमा न्याय दिलाउन व्यक्ति व्यक्ति एकजुट हुनु आवस्यक रहेको उहाँको भनाई छ । साथै अन्यायमा परेका व्यक्ति र विषयलाई न्याय दिलाउन अधिकारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको नेता डाक्टर महतको भनाई छ ।

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महत


    यस्तै नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामनीश्वर आचार्यले बहुमतको सरकारले संसद विघटनगरेकै दिन देखि संसद पुनस्थापनाको लागि संघर्ष गरेको र जुन संघर्षले सफलता मिलेको बताउनुभएको छ । सरकारको गलत कामको आलोचना गर्नु र सहि मार्गमा ल्याउन निरन्तर पहल गर्नु संगठनको दायित्व भएको आचार्यले बताउनुभएको छ ।
    समापन कार्यक्रममा नेपाली काङ्ग्रेस शिव दाहालले मानवअधिकारवादीहरुको खवरदारीबाटै मानव अधिकार हननका घटनाहरुलाई न्यूनिकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । महासमिति सदस्य रमेश महतले शसस्त्र विद्रोहको नाममा मानव अधिकार हनन गर्ने परिपाटिको अन्त्य हुनु जरुरी रहेको बताउनुभएको छ । मानवअधिकार व्यक्तिको नैतिकतासँग जोडिएको उल्लेख गर्नुहुदै उहाँले धार्मिक, सास्कृतिक, जातियको कारण सामाजिक वहिस्कारका घटनाहरु यस युगमा पनि व्याप्त रहेकोले त्यस्लाई न्यूनिकरणको लागि निरन्तर आवाज उठाइरहनुपर्ने उहाँले बताउनुभएको छ ।

    नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश महत


    यस्तै नेपाली काङ्ग्रेस जिल्ला सदस्य विन्दा अर्यालले मानव अधिकार उल्लङ्घन हुन नदिनको लागि व्यक्ति स्वंमले संयमता अपनाउनु जरुरी रहेको बताउनुभएको छ ।
    ३ दिन सम्म सञ्चालन भएको परिसदमा वागमती प्रदेश भित्र रहेका जिल्लाका नेपाल मानव अधिकार संगठनमा आवद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त तीन दिनमा संगठनले गर्दै आएको गतिविधि तथा क्रियाकलापको विषयमा छलफल भएको नेपाल मानव अधिकार संगठन नुवाकोट जिल्ला अध्यक्ष बसन्तजंग ठकुरीले बताउनुभएको छ ।

    नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामनीश्वर आचार्यलाई मायाको चिनो प्रदान गर्नुहुदै पूर्वअर्थमन्त्री डाक्टर रामशरण महत

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया