विदुर । वडामा हुन सक्ने विद्युत चुहावटलाई रोक्न ककनी गाउँपालिका वडा नम्बर ६ ले वडाबाटै मिटर बक्स उपलव्ध गराएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाको सहकार्यमा वडा कार्यलयले आयोजना गरेको मिटर बक्स वितरण कार्यक्रमबाट ८० घरधुरी लाभान्वित भएका छन् । विनासकारी भूकप पश्चात बनेका घरहरुमा मिटर जडान नगरिएको र मिटरको लागि कोलनीसम्म आउदा नागरिकहरुले सास्ति भोग्नुपरेको गुनासो आउन थाले पछि वडाबाटै मिटर बक्स उपलव्ध गराउने कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गोपाल लामाले बताउनुभएको छ ।
उक्त कार्यक्रमबाट वडा नम्बर ६ सहित ४ र ७ का नागरिकहरुले पनि मिटर बक्स लिगेका छन् । वडाबाटै मिटर बक्स प्राप्त भए पछि नेपाल विद्युत प्राधिकरणका सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पनि वडाका नागरिकहरुलाई सहज रुपमा सेवा लिन सक्ने वातावरण बनाउन आफू सधै तत्पर रहेको वडा अध्यक्ष लामाको प्रतिवद्धता रहेको छ ।