बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • ‘चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिता’को उपाधी पञ्चकन्यालाई

    समिकरण न्युज २०७७, २९ फाल्गुन शनिबार २२:२५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको ‘चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिता’को उपाधी पञ्चकन्या गाउँपालिकाले हात पारेको छ ।
    केही दिन अघि सम्पन्न ‘नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिता’मा दुप्चेश्वर गाउँपालिका प्रथम भएको थियो भने पञ्चकन्या गाउँपालिका दोश्रो भएको थियो । शनिवार सम्पन्न ‘चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिता’ मा प्रथम हुदै पञ्चकन्या गाउँपालिकाले उपाधी फर्काउन सफल भएको छ ।
    शनिवार दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका बिच फाइनल खेल भएको थियो । पञ्चकन्या गाउँपालिकाले ३ वटै सेटमा विजयी हासिल गर्दै उपाधी जित्न सफल भएको हो । दुप्चेश्वर युवा क्लबको सह–आयोजनामा उक्त खेल भएको थियो । प्रतियोगिताको विजेता पञ्चकन्यालाई १ लाख रुपैयाँ, दोश्रो हुने दुप्चेश्वर गाउँपालिकालाई ७५ हजार रुपैयाँ, तेश्रो हुने म्यागङ गाउँपालिकालाई ५० हजार रुपैयाँ र सान्तोना हुने तादी गाउँपालिकालाई २५ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिएको छ ।
    कार्यक्रमको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रदेश सांसद बद्रि मैनालीले खेलाडी र खेल क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट पूर्ण रुपले सहयोगको प्रतिवद्धता जनाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले राष्ट्र र राष्ट्रियता जोगाउनको काम गरिरहेको उहाँले बताउनुभएको छ । विश्व सामु शिर उच्च राख्न सरकार प्रयत्न रहेको उहाँको भनाई छ ।

    प्रदेश सांसद बद्रि मैनाली


    खेलकुदको माध्यमबाट युवा शक्तिलाई चलायमान गराउन गाउँपालिकाले निरन्तर रुपमा प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ । यस्तै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले स्थानीय तहहरुबिच हुने प्रतिष्पर्धात्मक गतिविधिले सम्वन्धलाई झनै प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया