शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटका १७ हजार ८ सय ७२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाए

    समिकरण न्युज २०७७, १ चैत्र आईतवार १९:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटका १७ हजार ८ सय ७२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
    खोप अभियानको पहिलो चरणमा ३ हजार ३ सय ८६ जनाले खोप लगाएका थिए भने दोश्रो चरणको शनिवारसम्ममा १४ हजार ४ सय ६६ जनाले खोप लगाएका छन् । दोश्रो चरणमा ६५ वर्ष माथी उमेरका नागरिक र पहिलो चरणमा छुट भएका लक्षित नागरिकलाई खोप लगाउन गएको फागुन २३ गतेदेखि थालिएको थियो । दोश्रो चरणको पहिलो दिन २३ गते १ हजार २ सय ८०, दोश्रो दिन २४ गते १ हजार १ सय ३१, तेश्रो दिन २५ गते १ हजार ३ सय ८, चौथो दिन २६ गते ३ हजार २ सय ८८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।
    यस्तै अभियानको पाँचौँ दिन २७ गते ३ हजार ३ सय ५१, छैटौ दिन २८ गते २ हजार २ सय ९, सातौँ दिन २९ गते २ हजार ९१ र आठौँ दिन चैत्र १ गते ३ हजार १ सय ९४ जनाले खोप लगाएका छन् ।
    जिल्लाको १२ स्थानीय तहलाई २ खण्डमा विभाजन गरि दोश्रो चरणको खोप अभियान सञ्चालन गरिएको थिाये । पहिलो खण्ड फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो । उक्त खण्डमा दुप्चेश्वर, पञ्चकन्या, लिखु, सूर्यगढी र ककनी गाउँपालिका भित्रका लक्षित वर्गलाई खोप लगाइएको थियो । यस्तै दोश्रो खण्ड फागुन २६ गतेदेखि चैत्र १ गतेसम्म दोश्रो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खण्डमा किस्पाङ, म्यागङ, तारकेश्वर, शिवपुरी, तादी, विदुर र बेलकोटगढीका लक्षित नागरिकहरुले खोप लगाएका छन् ।

    यस्तै पहिलो चरणमा र दोश्रो चरणमा खोप लगाउन छुटेकाहरुलाई मध्यनजर गर्दै सोमबार र मंगलवार खोप अभियानलाई जारी राखिने स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । उहाँको अनुसार छुट भएका तर खोप लगाउन इच्छुकहरुले त्रिशूली अस्पताल नुवाकोटको खोप केन्द्रबाट सेवा लिन सक्ने छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया