शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • वेलकोटगढी नगरपालिका भित्रका कोरोना भाइरस सङ्क्रमितलाई पोषण भत्ता उपलव्ध गराउन सुरु

    समिकरण न्युज २०७७, ४ चैत्र बुधबार ०९:१६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरपालिका भित्रका कोरोना भाइरस सङ्क्रमितलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ ।
    नगरपालिका भित्रका कोरोना भाइरस सङ्क्रमितलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँको दरले पोषण भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्याण अनुसार सोमबारदेखि सङ्क्रमित भएका व्यक्तिहरुलाई रकम उपलव्ध गराउन थालेको नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभएको छ । उहाँको अनुसार सोमबार १८ जना र मंगलबार २ जनालाई पोषण भत्ता प्रदान गरिएको छ । स्वास्थ्य कार्यलय नुवाकोटको तथ्याङ्क अनुसार नगरपालिका भित्रका १ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । पोषण भत्ता लिन बाँकीलाई कोरोना भाइरस पोजेटिभ भएको प्रमाण सहित नगरपालिकामा सम्पर्क गर्नलाई स्वास्थ्य शाखा प्रमुख शाहले आग्रह गर्नुभएको छ ।
    कोरोना भाइरस सङ्क्रमणको अवस्थामा स्वास्थ्य अबस्था कमजोर हुने र सङ्क्रमितको स्वास्थ्यमा सुधार ल्याउनलाई पोषण युक्त खानाको आवस्यकता पर्ने भएकोले नगरपालिकाले पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याएको हो । वेलकोटगढी नगरपालिकाका ५ सय ६३ जना पुरुष र १ सय ७१ जना महिलाको आरटिपिसिआर परिक्षण गरिएको थियो । त्यस मध्ये ६७ जना पुरुष र ३४ जना महिला गरी १ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया