बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • ऐतिहासिक पहिचानलाई जोगाउन र पर्यटन प्रबर्द्धन गर्नलाई बेतिनीमा डम्फु पार्क निर्माण ।

    समिकरण न्युज २०७७, ४ चैत्र बुधबार २२:४४ पढ्न लाग्ने समय < 1 मिनेट


    समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनीमा डम्फु पार्क निर्माण गरिएको छ ।
    गाउँपालिकाको आर्थिक लगानीमा निर्माण गरिएको उक्त पार्कमा डम्फु र कुदाप अर्थात चुल्हो निर्माण गरिएको छ । ग्लान समुदायको उद्गम स्थलको रुपमा परिचित उक्त स्थानको ऐतिहासिक पहिचानलाई जोगाउनुको साथै पर्यटन प्रबर्द्धनको लागि पार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । उक्त स्थानबाट बसाई सरेर सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप लगायतको जिल्लामा पुगेता पनि विशेष पर्व तथा उत्सव मनाउन कुतबक्यापामा संयुक्त रुपमा खाना पकाएर खाने गरिन्थ्यो भन्ने इतिहास रहेको छ । उक्त इतिहासको जगेर्नाको लागि चुल्हो निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ । तामाङ समुदायको सास्कृतिक बाजाको रुपमा रहेको डम्फुको संरक्षण तथा पहिचान दिलाउन पार्कमा डम्फु निर्माण गरिनुको साथै पार्कको नाम नै डम्फु पार्क राखिएको छ ।

    डम्फु पार्कमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अघिकृत सहित कर्मचारीहरु..


    गत आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको उक्त पार्क सम्पन्न गर्न २० लाख रुपैयाँ लगानी भएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ । उक्त स्थानमा ग्लानहरुको ऐतिहासिक स्थल रहेकोले बुद्धको मूर्ति स्थापनाको लागि गाउँपालिकाले तयारी गरिरहेको छ ।
    यस्तै उक्त पार्कमा यसै आर्थिक वर्षमा ७० मिटर लम्बाई र ४० मिटर चौडाई रहेको पोखरी सहितको बालउद्यान निर्माण गरिने गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ । निर्माण सम्पन्न भइनसक्दा पनि १५ हजार भन्दा बढिले पार्कको अबलोकन तथा भ्रमण गरिसकेका थिए । हाल निर्माण सम्पन्न भए पश्चात विदाको दिनमा १ सय ५० भन्दा बढीले अबलोकन भ्रमण गर्ने गरेका छन् ।

    केहि दिन अघि गाउँपालिकाद्धारा आयोजित खेलाडी सम्मान कार्यक्रममा खिचिएको सामूहिक फोटो ।

    उक्त स्थानलाई पिक्निक स्पोटको रुपमा समेत लिन थालिसकिएको छ ।
    डम्फु पार्क वरिपरि खेती योग्य जमिन बाझै रहेको छ । उक्त बाझो जमिनमा ऐसेलु प्रशस्त हुने भएकोले बैशाख पहिलो साता गाउँपालिकाले ऐसेलु उत्सव आयोजना गर्दैछ ।

    फोटो साभार_ सामाजिक सञ्जाल

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया