बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • सूर्यगढीमा ३ हजार ४ सय २ जनाको स्वास्थ्य परिक्षण

    समिकरण न्युज २०७७, ८ चैत्र आईतवार ०८:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । सूर्यगढी गाउँपालिकाको आयोजनामा भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा ३ हजार ४ सय २ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
    काठमाण्डौ मेडिकल कलेज सिनामगंल काठमाण्डौँको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा सहभागी भएका सेवा ग्राही मध्ये ४ सय ४ जनाको मुटुको धड्कन जाँच, ५ सय ५५ जनाको भिडियो एक्सर,े ७ सय १ जनाको ल्याव परिक्षण, १ सय २ जनाको दन्त उपचार, र ४० जनाको माइनरवटी गरिएको काठमाण्डौ मेडिकल कलेज सिनामगंलका म्यानेजिङ डाइरेक्टर नारायणप्रसाद दाहालले जानकारी दिनुभएको छ । उहाँको अनुसार १ सय ११ जनालाई यहि चैत्र १३ गते काठमाडौँ मेडिकल कलेजमा अप्रेसनको लागि सहभागी हुन आग्रह गर्नुभएको छ । ती मध्ये आँखाका ६० जना, हाडजोर्नीका २ जना, नाक कान घाटीका १६ जना, स्त्री रोगका १३ जना र सर्जरीका २० जनालाई काठमाडौँ मेडिकल कलेजमा अप्रेसन गरिने डाइरेक्टर नारायणप्रसाद दाहालले जानकारी दिनुभएको छ । काठमाण्डौ मेडिकल रहेसम्म बस्तिबस्तिमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गरिरहेको उहाँको प्रतिवद्धता समेत रहेको छ ।
    गाउँपालिकाको चोगते स्थित बागेश्वरी माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविर विहिवारदेखि सुरु भएको थियो । शिविरको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका महासमिति सदस्य रमेश महतले ग्रामीण भेगका नागरिकहरुको टोलमा नै उपस्थित भएर सेवा प्रवाह गराउदा सन्तुष्टि मिलेको बताउनुभएको छ । स्वास्थ्यको पहुचभन्दा बाहिर रहेका नागरिकहरलाई यस्ता शिविरहरुले लाभ मिल्ने गरेको उहाँको भनाई छ । अझै पनि स्वास्थ्य उपचारको लागि धामी झाक्रीको भर पर्नुपर्ने अवस्था रहेकोले त्यस्ता परम्परा तोड्नको लागि सम्वन्धित निकाय जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।
    यस्तै गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले थप उपचारको लागि काठमाडौँ लैजानु पर्ने विरामीहरुलाई निशुल्क यातायातको व्यवस्था गाउँपालिकाबाट गरिने प्रतिबद्धता जनाउनुभएको छ । यस शिविरको प्रभावकारिताको विषयमा गाउँपालिकाले समिक्षा गरेर आगामी दिनमा गाउँगाउँका नागरिकहरुलाई स्वास्थ्य सेवा कसरी उपलव्ध गराउने भनेर योजना बनाइने अध्यक्ष घलेको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया