शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • एक सातामा ७ हजार ९ सय ६६ जनाको स्वास्थ्य परिक्षण

    समिकरण न्युज २०७७, ११ चैत्र बुधबार २१:२४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय १८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
    रुडेकन ग्रुप नुवाकोटको संयोजनमा गाउँपालिकाको वडा नम्बर ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर भएको थियो । शिविरमा मुटुको धड्कन जाँच ३ सय ९, भिडियो एक्सरे ३ सय ५८, ल्याव परिक्षण ३ सय ९९ र दन्त उपचार २८ जनाको गरिएको काठमाण्डौ मेडिकल कलेज सिनामंगलको म्यानेजिङ डाइरेक्टर नारायणप्रसाद दाहालले जानकारी दिनुभएको छ । साथै उहाँले ४३ जनाको विभिन्न रोगको अप्रेसन गर्नलाई गाउँपालिकाको समन्वयमा काठमाण्डौ मेडिकल कलेज सिनामंगल लगिने बताउनुभएको छ ।

    काठमाण्डौ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा यस हप्ता जिल्लाको तीन स्थानीय तह सूर्यगढी, तादी र दुप्चेश्वरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । यस अवधीमा तीन वटा स्थानीय तहमा गरी ७ हजार ९ सय ६६ जनाको स्वास्थ्य परिक्षण गरिएको काठमाण्डौ मेडिकल कलेज सिनामंगलका म्यानेजिङ डाइरेक्टर दाहालले जानकारी दिनुभएको छ ।

    काठमाण्डौ मेडिकल कलेज सिनामंगलको म्यानेजिङ डाइरेक्टर नारायणप्रसाद दाहाल


    तीन वटै स्थानीय तहमा गरिएको स्वास्थ्य परिक्षणमध्ये २ सय ५७ विरामीको थप उपचारको लागि काठमाडौँ लैजानको लागि पहिचान भएका छन् । ती पहिचान भएका विरामीको थप उपचारको लागि ५० प्रतिसत छुटको व्यवस्था गरिएको काठमाण्डौ मेडिकल कलेज सिनामंगलले प्रतिवद्धता जनाएको छ ।
    दुप्चेश्वर गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरको समापन कार्यक्रममा रुडेकन ग्रुप नुवाकोटका संयोजक एवं नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले लगायतले काठमाण्डौ मेडिकल कलेज सिनामंगलले जिल्लाको ग्रामीण भेगमा पुराएको स्वास्थ्य सुविधाप्रति आभार प्रकट गरेका थिए ।
    दुप्चेश्वरवासीको स्वास्थ्य सुधारको लागि गाउँपालिका संवेदनशिल रुपमा अघि बढिरहेको भन्दै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले आगामी दिनमा पनि निरन्तर नागरिकको स्वास्थ्य सुधारको लागि पहल गरिरहने प्रतिवद्धता जनाउनुभएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया