
विदुर । विवेकशिल साझा पार्टी नुवाकोटको संयोजकमा दामोदर नेपाल चयन हुनुभएको छ ।
विवेकशिल नेपाली दल र साझा पार्टी बिच समायोजन पश्चात निर्माण गरिएको विवेकशिल साझा पार्टी नुवाकोटको संयोजकमा सर्वसम्मत रुपमा नेपाल संयोजकमा चयन हुनुभएको हो । शुक्रवार विदुरमा आयोजित समायोजन तथा जिल्ला समिति घोषणा कार्यक्रममा नेपालको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । कार्य समितिको सह–संयोजकमा कमानसिं तामाङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा पूर्णमान श्रेष्ठ, रामकृष्ण रिमाल, पूर्णलाल श्रेष्ठ, पवित्रा ओझा, कृष्णबहादुर खड्का, पार्वती थापा, बुद्धिबहादुर तामाङ, महेश अधिकारी, राजमान तामाङ, बिष्णु गिरी, श्रीधर न्यौपाने, रुपक कुमाल र प्रवीण थापा रहेका छन् ।
नुवाकोटमा प्रतिस्पर्धी राजनैतिक दलको रुपमा विवेकशिल साझा पार्टीलाई स्थापित गराउन आफ्नो नेतृत्व प्रयासरत रहने संयोजक नेपालको प्रतिवद्धता रहेको छ ।
समायोजन तथा जिल्ला समिति घोषणा कार्यक्रममा वागमती प्रदेश संयोजक रन्जु दर्शना, उप–संयोजक सुरेन्द्रबहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो ।