बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • दुप्चेश्वरमा अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन

    समिकरण न्युज २०७७, १८ चैत्र बुधबार २१:५० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिकाले हाल अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।
    अघिल्लो वर्षहरुमा गाउँपालिकाको केन्द्र रहेको स्थान समुन्द्रटारमा नै शिविर सञ्चालन गरेर अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त शिविरमा सहभागी भएका अपाङ्गता भएका व्यक्तिहरुले आफू जस्तै व्यक्तिहरुलाई देखे र पिडामा आफू मात्रै होइन अन्य व्यक्तिहरु पनि रहेछन् भन्ने महसुस गरे । जीवन भोगाईमा आएका असहजतालाई सहजतामा परिणत गर्न सक्ने शक्ति लिनुपर्छ भन्ने सकरात्मक सोच उक्त शिविरबाट लिए ।
    तर यो वर्ष अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैली, पारिवारिक स्थिति, आर्थिक अवस्था लगायतको बारेमा जानकारी लिनलाई गाउँपालिकाको कर्मचारी सहित जनप्रतिनिधिहरु घरघरमा पुगेर अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ । अपाङ्गता भएका नागरिकहरुको जीवनशैली सुधार गर्नलाई योजना तथा कार्यक्रमहरु छनौट गर्न गाउँपालिकालाई यस अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष तामाङको भनाई छ ।


    संघियताले नागरिकको नजिकको सरकारको रुपमा स्थानीय तह स्थापना गरिदिएकोले लक्षित बर्गको रुपमा रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई नजिकबाट नियाल्ने अवसर जुटाउन घरदैलो अभियानको अवधारण ल्याइएको उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ ।
    यस अभियानलाई सार्थक तुल्याउन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारी, सम्वन्धित वडाका वडाध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा पुगिरहेका छन् ।


    गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहजीकरणमा मंगलवार वडा नम्बर १ र ७ का ९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयापत्र वितरण गरिएको थियो । मंगलबार ५ जना पुरुष र ४ जना महिलालाई यस अभियानमा सहभागी गराइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले जानकारी दिनुभएको छ । अभियानको दोश्रो दिन वुधबार वडा नम्बर २, ३ र ४ का २५ जनालाई सेवा प्रवाह गरिएको छ । ती सेवाग्राहीहरुमा ११ जना महिला र १४ जना पुरुष रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लामिछानेले जानकारी दिनुभएको छ । विहिवार बाँकी वडाका सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया