बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • २ दिने पशुपालन ब्यबस्थापन तथा उपचार तालिम सम्पन्न

    समिकरण न्युज २०७७, २१ चैत्र शनिबार २१:२२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको अजम्बरी साना किसान कृषि सहकारी सस्था लिमिटेडद्धारा आयोजित २ दिने पशुपालन ब्यबस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ ।
    नगरपालिकाको वडा नम्बर १० र ११ लाई कार्यक्षेत्र बनाई सञ्चालन भइरहेको सहकारीले सहकारीमा आवद्ध भई ब्याबसायिक रुपमा बाख्रा पालन गर्दै आएका ६० जना सदस्यलाई तालिम दिइएको हो । साना किसान बिकास लघुबित्त बित्तिय सस्था लिमिटेड इलाका कार्यालय गजुरीको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको थियो । साना किसान बिकाश लघुबित्त बित्तीय सस्था लिमिटेड इलाका कार्यलय गजुरीका बरिस्ठ सहायक अधिकृत सूर्य अधिकारीले पशु बिमा गर्दा क्षतीको भुक्तानी मिल्ने भएको कारण पशु बिमा गर्नु अत्यावस्यक रहेको बताउनुभएको छ ।
    तालिममा प्रजननका लागि बोका बाख्रा छनोट र प्रजनन बिधी, बाख्राको खोर ब्यबस्थापन, आहार पानी दिने डुडको ब्यबस्था, बाख्राको पाठापाठी ब्यबस्थापन , बाख्रामा लाग्ने आन्तरिक तथा बाह्य परजिबी नियन्त्रण, बाख्रामा लाग्ने मुख्य रोग, सङ्क्रामक रोग उपचार र नियन्त्रण विधिको विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त विज्ञ केन्द्र प्रमुख भरत पाण्डे, पशु प्राविधिकहरु रामप्रसाद खनाल र सन्तोष रिमालले सहजिकरण गरेका थिए ।
    “एक घर एक साना किसान सदस्य” बनाउने अवधारणा लिएर अघि बसढरहेको सहकारीले सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आयआर्जनमा केन्द्रित गराउन विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको प्रवन्धक निराजन प्याकुरेलले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया