बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • किशोरीहरुलाई सिलाईकटाई मेसिन प्रदान

    समिकरण न्युज २०७७, ३१ चैत्र मंगलवार ०७:५७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । छोरी सस्था नुवाकोटले ९ जना किशोरीहरुलाई सिलाईकटाई मिसिन प्रदान गरेको छ ।
    सस्थाले ती ९ जना किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिएको थियो । उक्त तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न र आर्थिक उपार्जन गर्न सहज होस् भन्ने उदेस्यले उनीहरुलाई सिलाइकटाइ मिसिन प्रदान गरिएको हो । तालिमका सहभागीहरुलाई तीन महिना अवधीभर आफ्नै आवास गृहमा राखेर प्रशिक्षण दिइएको छोरी सस्था नुवाकोटकी जिल्ला अधिकृत अरुणा लामाले बताउनुभएको छ । तीन महिनाको अवधीमा सिलाईकटाई सँगै महिला शशक्तिकरण, मानव बेचविखन तथा नियन्त्रणको लागि गरिनुपर्ने प्रयास, मानवीय जीवनमा आइपर्ने समस्याहरु समाधनको लागि गरिनुपर्ने प्रयास, महिनावारी सरसफाई जस्ता विषयहरु समेटेर किसोरी रुपान्तरणको कार्यक्रमहरु सञ्चालन गरिएको जिल्ला अधिकृत अरुणा लामाले जानकारी दिनुभएको छ ।
    तीन महिनाको अवधीमा सिकेको सैद्धान्तिक तथा व्यवहारिक सिपलाई व्यवहारमा उतारेर समाजको उदाहरणीय पात्र बन्नको लागि सहभागीहरुलाई जिल्ला अधिकृत लामाले आग्रह समेत गर्नुभएको छ । यस अवधीमा खुलेर बोल्ने बानीको विकास हुनुको साथै अन्यायको विरुद्धका आवाज उठाउन सक्ने भएको सहभागीहरुले बताएका छन् ।
    छोरी सस्थाले अहिले पनि जिल्लाको विभिन्न स्थानमा रहेका ११ जना किशोरीहरुलाई सिलाइकटाइ तालिम दिइरहेको छ । साथै मानव बेचविखन तथा नियन्त्रणको लागि विदुर नगरपालिका भित्र रहेको विद्यालयहररुमा गइ कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया