बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • एक साताको लागि स्वाव संकलन स्थगन

    समिकरण न्युज २०७८, ३१ बैशाख शुक्रबार ११:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । त्रिशुली अस्पताल नुवाकोटमा रहेको आरटि पिसिआर प्रयोगशालामा कोरोना भाइरस परिक्षण गर्नलाई संकलित स्वावको चाप बढेको छ ।
    त्रिशुली अस्पतालमा विशेष गरी नुवाकोट, धादिङ र रसुवाका नागरिकहरुको स्वाव परिक्षण गरिदै आएको छ । हाल तीन वटै जिल्लाको गरी १५ सय हारहारीको स्वाव परिक्षणको लागि अस्पताललाई प्राप्त भइसकेको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताउनुभएको छ । ती सबै स्वावको परिक्षण गरिसक्न झण्डै १० दिन लाग्ने भएकोले एक साताको लागि अत्यावस्यक बाहेकका व्यक्तिहरुको स्वाव संकलन स्थगन गर्न नुवाकोटको १२ वटै स्थानीय तह, स्वास्थ्य कार्यलय रसुवा र धादिङलाई आग्रह गरिएको सूचना अधिकारी खनालले बताउनुभएको छ ।

    स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनाल


    पिसिआर विधि जत्तिकै र एन्टिजेन विधि पनि कोरोना भाइरस परिक्षणको लागि भरपर्दो माध्यम भएकोले सम्पूर्ण पालिकाहरुमा एन्टिजेन विधि उपलव्ध रहेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । स्वाव संकलन गर्ने कार्यलाई स्थगन गरिएको समयमा पनि कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा स्थानीय तहसँग सम्पर्क गरी एन्टिजेन विधिबाट परिक्षण गराउन स्वास्थ्य कार्यलय नुवाकोटले आग्रह गरेको छ ।
    स्वाव संकलन गरेर अस्पताल पठाएको खण्डमा परिक्षणको लागि एक साता भन्दा लामो समय कुर्नुपर्ने अवस्था सिर्जना हुने र स्वाव दिएका व्यक्तिहरुमा झनै बढी त्रास हुन सक्ने भएकोले स्वाव संकलन गर्ने कार्यलाई स्थगन गरिएको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताउनुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी निशेधाज्ञाको पालना गर्दै अत्यावस्यक वाहेक घर बाहिर ननिस्कन समेत सम्पूर्ण नागरिकहरलाई स्वास्थ्य कार्यलय नुवाकोटले आग्रह समेत गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया