बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • जनस्तरमा सहयोग पुराउदै रुडेक नेपाल ।

    समिकरण न्युज २०७८, ५ जेष्ठ बुधबार १७:५२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा रुडेक नेपालले नुवाकोट जिल्लाका विभिन्न स्थानहरुमा कोविड लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
    रुडेक नेपालको अगुवाइमा जोर्डन स्थित यु. एन. तथा बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत नेपालीहरुको सहयोगमा रुडेक नेपालले वुधवार पञ्चकनया गाउँपालिका र तादी गाउँपालिकाछारा सञ्चालित आइसोलेसन सेन्टरको क्षमता अभिवृद्धि गर्न सामाग्री हस्तानतरण गरेको छ । पन्चकन्या गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ५ बेड र ५ वटा निबुलाइजर, तादि गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ६ बेड र ५ वटा अक्सिमिटर रुडेक नेपालले उपलव्ध गराएको छ । यस्तै पन्चकन्या गाउँ पालिकाका सबै वडाहरुमा एक–एक हजार मास्क समेत पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङलाई जिल्ला समन्वय समिति नुवाकोट प्रमुख सन्तमान तामाङको उपस्थितिमा प्रदान गरिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिनुभएको छ ।
    रुडेक नेपालले यस भन्दा पहिले पनि कोरोनाको पहिलो लहरमा एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउँ पालिकामा अक्सिजन सहितको ८ वटा बेड क्षमता भएको आइसोलेशन केन्द्रको स्थापना गरेको थियो । अहिले अस्पतालका बेडहरु कोविड बिरामीहरुले भरिभराउ भैरहेको अवस्था र अक्सिजनको चरम अभाव भोगिरको अवस्थामा दुप्चेश्वोरका नागरिकका लागि केहि राहत महसुस गर्दै उक्त आइसोलेशन केन्द्रको भरपुर प्रयोग गरिरहेका छन् ।
    रुडेक नेपालले २०५४ साल देखि समुदाय विकासको लागि अति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । अहिले पनि यस संस्थाले एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोटका बिपन्न परिवारका ४ सय बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृति प्रदान गर्नुको साथै उनीहरुको परिवारलाई जिविकोपार्जनमुखी क्रियाकलापहरुको माध्ययमबाट आत्मनिर्भर बनाइरहेको छ भने रुम टु रिडको सहयोगमा नुवाकोट जिल्लाका ४८ वटा विद्यालयहरुमा उक्त विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि पुस्तकालय स्थापना गर्नुको साथै शिक्षकहरुको लागि तालिम दिने काम गरिरहेको रुडेक नेपाल द्वारा संचालित शैक्षिक छात्रवृति कार्यक्रमका कार्यक्रम व्यवस्थापक रमेशजंग कुँवरले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया