बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • बैंक तथा वितीय सस्थालाई हप्तामा तीन दिन संचालन गर्न प्रशासनको आदेश

    समिकरण न्युज २०७८, १८ जेष्ठ मंगलवार ०७:४४ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । जिल्ला प्रशासन कार्यलय नुवाकोटले बैंक तथा वितीय सस्थालाई हप्तामा तीन दिन संचालन गर्न आदेश दिएको छ ।
    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नलाई नियमित रुपमा वैंक तथा वितीय सस्था संचालन गर्दा संक्रमण दर झनै उच्च हुने कारणले गर्दा हप्तामा तीन दिन सञ्चालन गर्नलाई आदेश दिएको हो । वैक तथा वितीय सस्था दैनिक रुपमा सन्चालन हुदा सेवाग्राहीको चाप अत्याधिक हुने र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कठिनाई हुने भएकोले यस्तो आदेश दिइएको जिल्ला प्रशासनक कार्यलय नुवाकोटले जनाएको छ ।
    जिल्लामा रहेको वैंक तथा वितीय सस्थाहरु सन्चालन गर्ने दिन प्रशासन कार्यलयले नै तोकिदिएको छ । प्रशासन कार्यलयको अनुसार आइतवार मंगलवार र विहिवार नेपाल वैंक, सिद्धार्थ वैकं, हिमालय वैंक, एभरेष्ट वैंक, कुमारी वैंक, ग्लोवल आइ.एम.इ. वैंक, एन्.आइ.सी. एसिया वैंक, ज्योती विकास वैंक, गरिमा विकास वैंक, आई.सी.एफ.सी. फाइनान्स लिमिटेड, सिटिजन वैंक र मुक्तिनाथ विकास वैंकबाट सेवा प्रवाह हुनेछ ।
    यस्तै सोमवार, वुधवार र विहिवार राष्ट्रिय वाणिज्य वैंक, कृषि विकास वैंक, नेपाल एस.वि.आई. वैंक, नेपाल बंगलादेश वैंक, सानिमा वैंक, प्रभु वैंक, प्राइम कमर्सियल वैंक, माछापुछ्रे वैंक, सनराइज वैंक, सांग्रीला डे विकास वैंक, लुम्विनी विकास वैंक र एन.एम.बि. वैंक सन्चालन हुनेछ ।
    एकभन्दा वढी शाखा रहेका वैंक तथा वितीय सस्थाहरुले आफ्नो शाखा सन्चालन गर्दा भिडभाड नगराई स्वासथ्य मापदण्ड पालना गरी तोकिएको बारमा सन्चालन गर्नुपर्नेछ । विदुर नगरपालिकाभन्दा वाहिर रहेका वैंकहरुले सम्वन्धित स्थानीय तहको समन्वयमा हप्तामा तीन दिन नबढ्ने गरी शाखा सञ्चालन गर्न पाउनेछ । साथै सहकारी सस्थाहरुलाई सोमवार र वुधवार मात्रै सन्चालन गर्न जिल्ला प्रशसन कार्यलयले आदेश दिएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया