धार्मिक क्रियाकलापमा पनि वाद्यवादन अर्थात बाजाहरुको प्रयोग गरेको पाइन्छ । प्रायःधर्म अनुसारको फरक वाद्यवादनहरु हुने गर्छन् । लामा गुरु तथा बोन्पो (झाँक्री) ले धार्मिक क्रियाकलापमा विभिन्न बाजाहरु बजाउँदा निस्किने धूनले एउटा सांगितिक माहौल सिर्जना हुन्छ । यस्तो बाजाहरु गीतगाउँदा सामान्य व्यक्तिले झैं प्रयोग गर्न पाइँदैन । धार्मिक वाद्यवादनहरु बजाउनको लागि छम् (गुफाशिक्षा) बस्नु पर्छ । विभिन्न वाद्यवादनको यति उति छम् (गुफा शिक्षा) बस्नु पर्ने धार्मिक नियम हुन्छन् । कुन बाजा कुन प्रकारको धार्मिक कार्यमा प्रयोग गरिन्छ र के कसरी बजाउनु पर्छ भनेर गुरुले गुफामा बस्दा सिकाउने गर्दछन् । प्रत्येक बाजाको लागि छुट्टाछुट्टै छम् (गुफाशिक्षा) लिनु पर्छ । यो बाध्यत्मक र अनिवार्य हो । छम् (गुफाशिक्षा) बसेर दीक्षित नभएकाले बाजा बजाउन मिल्दैन र दिइँदैन । यो लेखमा तमाङ जातिले मान्दै आएका पुख्र्यौली धर्म बौद्द र बोन (झाँक्री) धर्मका धर्मगुरुहरुले प्रयोग गर्ने बाजाहरुको नामका बारेमा केही उल्लेख गरिनेछ ।
१) बौद्द धर्मकालामा गुरुहरुले प्रयोग गर्ने धार्मिक बाजाहरु ः
बौद्द धर्मकालामा गुरुहरुले धार्मिक क्रियाकलापमा निम्नानुसारको वाद्यवादनहरु बजाउने गर्दछन् ः
(क) डम्ब्रा ः डम्ब्रालाई नेपालीमा डमरु भनिन्छ । यो छाला र काठबाट बनाइन्छ । लामागुरुले धार्मिक कार्यको पूजाआजामा डमरुको प्रयोग गर्दछन् । डमरु दाहिने हातले बजाउनु पर्छ ।
(ख) डिल्बु ःडिल्बुलाई नेपालीमा घण्टी भनिन्छ । यो काँस वा ढलौटबाटबनेको हुन्छ । धार्मिक कार्यमा यसको प्रयोग प्रायःअनिवार्य हुन्छ । यो बाजा देब्रे हातले बजाउनु पर्छ ।
(ग) तिङ्च्या ःतिङ्च्यालाई नेपालीमा के भन्छन् थाहा भएन । यो बाजा सानो प्लेट जस्तै हुन्छ । विशेष गरी लामाले नागको पूजागर्दा यो बाजा अनिवार्य प्रयोग गरेका हुन्छन् ।
(घ) बुप्च्याल ः बुप्च्याललाई नेपालीमा के भन्छन् थाहाभएन । यो पनि ढलौट वा पित्तलले बनेको हुन्छ । यो एक प्रकारको थाली जस्तै आकारको देखिन्छ । यसलाई छ्याबुप पनि भन्ने गरिन्छ ।
(ङ) सिङ्ङेन् ः यो बाजाथाली जस्तै आकारको बुप्च्यालबाजा जस्तै हुन्छ । पित्तल वा ढलौटबाट यो बाजा बनाइएको हुन्छ ।
(च) ङ्अ ःङ्अलाई नेपालीमा ढ्याङ्ग्रो भनिन्छ । ढ्याङ्ग्रो काठ, पित्तल, तामाको पातालाई खोक्रो बनाएर दुवैपट्टि छालाले मोडेर बनाएको हुन्छ । यो सानो, झौला र ठूलो आकारको बनाउन सकिन्छ । यसलाई समात्नको लागि बींड पनिबनाएको हुन्छ । बींडलाई “ङ्अयु” भनिन्छ । ढ्याङ्ग्रो बजाउनको लागि हँसियाआकारको काठको वा फलामको बनाइएको हुन्छ । यसलाई “ङ्अल्च्या” भनिन्छ ।
(छ) ग्यालिङ् ःग्यालिङ एकप्रकारको सनाई जस्तै देखिने बाजाहो । यो बाजामाचाँदीको बेरुवालगाइएको हुन्छ । चाँदीको बेरुवामा मुगा र यू पनि जडित गरेका हुन्छन् । मुखले फुक्ने ठाउँमा “पिपि” रुखको पात बेरेर राखिएको हुन्छ । यो बाजाको प्रयोग पूजाकार्य र मृत्यू संस्कार दुवैमा प्रयोग गरिन्छन् ।
(ञ) लाभा ःलाभाएका प्रकारको ठूलो आकारको बाजाहो । यसको आवाज पनि ठूलो निस्किन्छ । यो बाजा तामाबाट बनाइन्छ ।
(ट) कङ्लिङ ःकङ्लिङ बाजा नरकङ्कालबाट बनाइन्छ । यसको फुक्ने ठाउँ र अन्तमा तामाको बेरुवा हालेको हुन्छ । यो शक्तिशाली बाजाको रुपमा लिइन्छ । पूजाकार्यमा यसको अनिवार्य प्रयोग हुन्छ । जिउँदो छँदा सुमधुर आवाज भएकाव् यक्ति मरेपछि उसको नली खुट्टाको हाडबाट कङ्लिङ बाजा बनाएको हुन्छ ।
(ठ) श्याङ् ःश्याङलाई घण्ट भनिन्छ । यो फलामबाट बनेको हुन्छ । श्याङ गुम्बामामात्र हुन्छ । किनभने यसको आकार ठूलो हुनुको साथै तौल पनि धेरै हुन्छ । गुम्बामा विहान र साँझमा पूजा गरेपछि गुम्बा कुरुवाले श्याङ् (घण्ट) र दुङ् (शङ्खा) दैनिक अनिवार्य रुपमा बजाउनै पर्दछ । पहिले श्याङ बजाउँछ र त्यसपछि दुङ् (शङ्खा) फुक्छन् । विहान घण्ट बजाएपछि गाउँलेहरु उज्यालो भयो उठ्नुपर्छ र साँझमा घण्ट बजाएपछि अब घरभित्र पस्नुपर्छ भन्ने मान्यता राख्दछन् ।
(छ) दुङ् ः दुङ्लाई नेपालीमा शङ्खा भनिन्छ । शङ्खाको प्रयोग विशेष गरी मृत्यू संस्कारमा अनिवार्य गरिन्छ । म्हानी मोलाम गाउँदा पनि यसको प्रयोग गरिन्छ । विहानी र साँझमा गुम्बामा पूजा गरेपछि पूजारी वा गुम्बा कुरुवा (कोङ्यार) ले अनिवार्य शङ्खा फुक्नै पर्छ ।
(ड) वाइपी ःलामा गुरुले धार्मिक कार्य गर्दा कहिले काहीं सिट्ठी बजाउने गर्छन् । सिट्ठी मुखमाहात घुसारेर वाओठ च्यापेर आवाज निकाल्छन् । यसलाई वाइपी भनिन्छ ।
(२) बोन (झाँक्री) धर्मका गुरुहरुले प्रयोग गर्ने बाजाहरु ः
बोन (झाँक्री) ले धार्मिक क्रियाकलाप गर्दा लामागुरुले झैं धेरै प्रकारका वाद्यवादनहरु प्रयोग गरेको पाइँदैन । बोन्पो (झाँक्री) ले निम्नानुसारको वाद्यवादनहरु प्रयोग गर्दछन् ः
(क) ङ्अ ः ङ्अलाई नेपालीमा ढ्याङ्ग्रो भनिन्छ । बौद्द लामा गुरुले प्रयोग गर्ने ढ्याङ्ग्रो र झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो करिव करिव उस्तै देखिन्छन् । तर, केही कुरामा भने भिन्न हुन्छ । बोन्पोको ढ्याङ्ग्रो सानो आकारको हुन्छ । यो काठको खोक्रोमा भेडा वा बाख्राको छालालाई मोडेर बनाइन्छ । छालालाई तन्काउनको लागि डोरी वा छालाकै मसिनो डोरी प्रयोग गरिन्छ । त्यसरी तन्काएको बीचबीचमा डाँफे वा कुखुराको प्वाँख सिउँरेर राखिन्छ । त्यसैगरी दुम्सीको काँडा पनि बीचबीचमा छिराएर चुच्चोलाई बाहिर निकालिएको हुन्छ । यसको बींडमा तीनमुखे बनाइन्छ । बींड काठबाट बुट्टा खोपेर बनाइएको हुन्छ । ढ्याङ्ग्रो बजाउनको लागि “क्रे” वा “ङिकीक्रे” प्रजातिको जंगली लहराबाट “ङ्अल्च्या” बनाइन्छ ।
(ख) वाइपी ःबोन्पो (झाँक्री) ले वाइपीको खुब प्रयोग गरेका हुन्छन् । कुनैकुनै मन्त्रहरु वाइपी अर्थात सिट्ठी बजाएर गर्छन् ।
(ग) श्याङश्याङ रोल्मो ःबोन्पो (झाँक्री) को काँधदेखि तल छड्के पारेर घण्टीको माला लगाएको हुन्छ । झाँक्रीकाम्दा र नाच्दा घण्टीको आवाज निस्किन्छ । झाँक्रीको घण्टी मालालाई श्याङश्याङ रोल्मो वा छोटकरीमा रोल्मो पनि भनिन्छ । घण्टीहरु पित्तल र ढलौटबाट बनाइएका हुन्छन् ।
phurpatamang10@gmail.com