शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • ग्लोवल उपभोक्ता सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न ।

    समिकरण २०७८, १९ मंसिर आईतवार २०:४३ पढ्न लाग्ने समय 2 मिनेट

    बट्टार । विसं २०६४ साल तिर नुवाकोटको बट्टार आसपासका २५ जना युवाहरुले मासिक रुपमा १ हजार रुपैयाँ बचत गर्ने गरी ग्लोवल ग्रुप सञ्चालनमा ल्याएका थिए ।
    कोषमा रकम बढेसँगै समयको माग अनुसार सहकारी सञ्चालन गर्न सकियो भने ग्रुपलाई झनै बलियो बनाउन सकिन्छ भन्ने लागेर विसं विसं २०६८ सालमा सहकारी ऐन अनुसार ग्लोवल उपधोक्ता सहकारी संस्था लिमिटेड स्थापना गरियो । बर्तमान बचत दिर्घकालिन सोच, आर्थिक समृद्धि ग्लोवलको उद्घोष भन्ने नारा सहित सञ्चालित ग्लोवल उपभोक्ता सहकारी संस्था लिमिटेडले स्थापनाको १०औँ वर्ष पार गरेको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कार्यलय रहेको यस सहकारीले शनिवार १०औँ वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।
    हाल सहकारीको शेयर सदस्य १ हजार ७ सय ४३ जना रहेको र शेयर पुंजी १ करोड ४७ लाख २ हजार २ सय रुपैयाँ रहेको अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यक्ष श्रेष्ठको अनुसार सहकारीको बचत रकम ११ करोड २१ लाख ६३ हजार रुपैयाँ र ऋण लगनी ११ करोड १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
    चालु आर्थिक वर्ष २०७७÷७८ मा सहकारीको मौज्दात रकम १ करोड ९९ लाख २५ हजार रुपैयाँ रहेको कोषाध्यक्ष देवनारायण चित्रकारले जानकारी दिनुभएको छ । सहकारीको जोखिम बहन कोषमा १५ लाख ५४ हजार रुपैयाँ रहेको कोषाध्यक्ष चित्रकारको भनाई छ । उहाँको अनुसार सहकारीको मुनाफा १४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको छ ।
    सस्थाको कार्य क्षेत्र थप गर्ने र सोही अनुसार कारोवार वृद्धि गर्दै लैजाने, शेयर सदस्य र शेयर पुँजीमा वृद्धि गर्ने, कर्मचारीहरुको मनोबललाई उच्च बनाउन आवस्यकता हेरी सेवा सुविधा वृद्धि गर्दै लैजाने, सिप विकास हुने, रोजगार मुलक व्यवसायिक र विशेष गरी कृषि र व्यवसाय उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने ग्लोवल उपधोक्ता सहकारी संस्था लिमिटेडको भावी कार्यक्रम रहेको छ । उपभोक्तामुखी सहकारी भएको हुनाले बचत र ऋणलाई मात्र प्राथमिकता नदिई आगामी दिनमा दैनिक उपभोग्य बस्तुहरुको समेत कारोवार गर्ने लक्ष्य सहकारीले राखेको सहकारीका उपाध्यक्ष पवन नेपालले जानकारी दिनुभएको छ ।
    सहकारीमा आवद्ध सदस्यको दुर्घटनामा परी असामयिक मृत्यु भएमा मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने, ऋण लगानी गर्दा सुरक्षित क्षेत्र हेरी लगानी गर्ने र खराव ऋण र भाका नाघेका ऋण असुली प्रकृयामा विषेश जोड दिने भावी योजना रहेको सहकारीका व्यवस्थापक प्रमिला तामाङले जानकारी दिनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया