शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसः ६० वर्ष पुगेका स्वयंसेविकाको स-सम्मान बिदाई ।

    समिकरण २०७८, १९ मंसिर आईतवार २१:२० पढ्न लाग्ने समय < 1 मिनेट

    आइतवार १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस । “स्वस्थ जीवनशैली हाम्रो आवश्यकता : संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका” भन्ने नारा सहित उक्त दिवस मनाइएको छ ।
    दिवसको अवसर पारेर विदुर नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । नगरपालिका भित्र कार्यरत २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित सम्मान गरिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले जानकारी दिनुभएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेको वर्षको आधारमा उनीहरुलाई नगद रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाण पत्रको साथ विदाई गरिएको जनस्वास्थ्य निरिक्षक भण्डारीले जानकारी दिनुभएको छ । उहाँको अनुसार सेवाको आधारमा प्रति वर्ष १० हजार रुपैयाँको दरले नगद रुपैयाँ प्रदान गरिएको हो ।
    दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चेतना मूलक नारा सहितको प्ले कार्ड बोकी नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा नगर प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी लगायतले स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाले पुराएको योगदानको विषयमा चर्चा गरेका थिए ।


    यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर २ का ३ जना महिला स्वयंशेविकालाई सम्मान गरिएको छ ।
    १८औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंशेविका दिवसको अवसरमा गाउँपालिकाको वडा नम्बर २ मा अवस्थित ग्रामीण स्वास्थ्य इकाईले आयोजना गरेको कार्यक्रममा स्वयंशेविकालाई नगद सहित सम्मान गरिएको हो । सम्मान प्राप्त गर्नेहरुमा तारादेवी श्रेष्ठ, मधुकुमारी केसी र बट्टाई विश्वकर्मा रहेका छन् ।
    तारकेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले कार्य मूल्यांकन विवरण अनुसार स्वयंशेविकालाई सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष समर आले मगरले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया