आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • वडा कमिटि बिस्तारलाई प्राथमिकता दिदै नेकपा एस नुवाकोट ।

    समिकरण २०७८, १९ मंसिर आईतवार २१:४३ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नुवाकोटले हाल वडा कमिटि बिस्तारलाई प्राथमिकता दिएर राजनैतिक गतिविधिलाई अगाडी बढाइरहेको छ ।


    जिल्लाको ८८ वटा वडा मध्ये १२ वटा वडामा कमिटि बिस्तार भइसकेको छ । नेकपा (एकिकृत समाजवादी) नुवाकोट अध्यक्ष गोविन्द नेपालीको अनुसार वेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ र १२, विदुर नगरपालिकाको वडा नम्बर ३, १० र १२, सूर्यगढी गाउँपालिकाको वडा नम्बर ५, शिवपुरी गाउँपालिकाको वडा नम्बर ७, तादी गाउँपालिकाको वडा नम्बर १, २ र ४, लिखु गाउँपालिकाको वडा नम्बर ७ र ककनी गाउँपालिकाको वडा नम्बर ५ मा वडा भेला मार्फत कमिटि बिस्तार गरिएको हो । यहि मंसिर महिनाभित्रका करिव ४० वटा वडामा र पुसको दोश्रो साता सम्ममा सबै वडामा कमिटि बिस्तार गरिसक्ने लक्ष्य पार्टीले लिएको जिल्ला अध्यक्ष गोविन्द नेपालीले जानकारी दिनुभएको छ ।


    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी (एकिृत समाजवादी)मा समाहित भएकाहरुले संगठन विस्तारको गतिविधिहरुलाई अगाडी बढाइरहेको छ । नुवाकोटको वडा कमिटिको नेतृत्व गर्ने अधिकांश युवाहरु रहेको जिल्ला अध्यक्ष नेपालीको भनाई छ । युवा, महिला, दलित, अपांगता भएका व्यक्ति लगायतलाई समावेश गरी वडा कमिटि विस्तार गरिरहेको जिल्ला अध्यक्ष गोविन्द नेपालीले बताउनुभएको छ । वडा किमिटिसँगै ‘युवा संघ नेपाल’ गठनलाई पनि पार्टीले प्राथमिकता दिएको छ ।वडा कमिटि विस्तार गर्ने कार्य सकिए पश्चात पालिका स्तरीय कमिटि विस्तारमा पार्टी केन्द्रित हुने उहाँले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया