शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • विदुर नगरपालिकाको प्रमुख प्रशासकीय भवनको निर्माण कार्य सुरुः दिर्घकालिन सोचको साथ भवन निर्माणमा जुटेको मेयर पण्डितको भनाई ।

    समिकरण २०७८, २२ मंसिर बुधबार २१:३३ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । विसं. २०४४ सालमा स्थापना भएको विदुर नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ ।
    नगरपालिकाको पुरानो भवन भत्काएर सोही स्थानमा प्रशासकीय भवन निर्माण कार्य सुरु गरिएको हो । उक्त स्थानमा नगरपालिकाको नाममा करिव ९ रोपनी जग्गा रहेको छ । भवन निर्माण गर्नलाई रेलिगेर न्यु टेक जे.भी.ले अबको २ वर्ष अर्थात विसं २०८० साल असोजको पहिलो हप्तामा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको छ । भवन निर्माण गर्नलाई १७ करोड ९ लाख ५४ हजार रुपैयाँ लाग्ने अनुमान गरिएता पनि निर्माण कम्पनीले १० करोड ५८ लाख ६७ हजार रुपैयाँमा सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभएको छ । निर्माण गर्न लागिएको भवन ४ तलाको र कार्यलय प्रयोजनको लागि ६५ वटा कोठा रहने छ । त्यस्तै एक सय भन्दा वढी क्षमताको सभा हल रहने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिनुभएको छ । अपांगमैत्री भवन निर्माण गरिने उहाँको भनाई छ । नेपाल सरकार संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट ६ करोड रुपैयाँ र बाँकी रकम नगरपालिकाको आफ्नै श्रोतबाट भवन निर्माणमा लगानी हुने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभएको छ ।


    प्रमुख प्रशासकीय भवनको भुमी पुजन तथा सिलन्यास कार्यक्रमलाई संवोधन गर्नुहुदै मेयर सञ्जु पण्डितले दिर्घकालिन सोचको साथ प्रशासकीय भवन निर्माणमा जुटेको बताउनुभएको छ ।

    मेयर सञ्जु पण्डित


    यस्तै कार्यक्रममा उपमेयर गीताकुमारी दाहालले क्रमिक रुपमा नगरपालिकाले राजस्व संकलनमा वृद्धि गरिरहेकोे जानकारी दिनुभएको छ ।

    उपमेयर गीताकुमारी दाहाल


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले भूकम्प पछि बनेका भवन गुणस्तरहिन हुदा वर्षातको समयमा पानी चुहिने समस्या देखिन थालिसकेकोले नगरपालिकाको भवन निर्माण गर्दा गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । साथै उहाँले सम्वन्धीत निकायलाई निरन्तर अनुगमन गर्नलाई समेत सुझाव दिनुभएको छ ।
    यस्तै नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल, नेकपा एमालेका नेता शरणउत्सुक सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इश्वर नगरकोटी, विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टकलमान श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष महेन्द्र तामाङ लगायतले नगर क्षेत्रमा भएको विकासात्मक गतिविधिको चर्चा गरेका थिए ।

    साग प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नगद सहित सम्मान ।

    १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्न सफल भएका खेलाडीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ ।
    वुधवार आयोजित कार्यक्रममा नगरपालिका भित्रका पदक विजेता खेलाडीहरुलाई नगद रुपैयाँ सहित सम्मान गरिएको हो । सम्मान प्राप्त गर्नेहरुमा साइक्लिङतर्फ स्वर्ण पदक विजेता लक्ष्मी मगर, भारोत्तोलनतर्फ रजत पदक विजेता अस्मिता राई, तेक्वान्दोतर्फ रजत विजेता कृष्णबहादुर तामाङ, तरबारतर्फ रजत विजेता अञ्जु तामाङ, जुडोतर्फ पदक विजेता सञ्जिव डङ्गोल र तेक्वान्दोतर्फ कास्य पदक विजेता रेजिन रिमाल रहेका छन् ।
    नगरपालिकाले १३औं सागका स्वर्ण पदक विजेतालाई ५० हजार रुपैयाँ, रजत विजेतालाई ४० हजार रुपैयाँ र काँस्य पदक विजेता खेलाडीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।
    विदुर नगरपालिकाको मात्रै नभई नेपालकै नाम राख्न सफल खेलाडीहरुलाई प्रोत्साहन गर्न सम्मान गरिएको नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया