शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • लिखु २ को नवनिर्मित वडा कार्यलय भवनको उद्घाटन ।

    समिकरण २०७८, २२ मंसिर बुधबार २१:४८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको लिखु गाउँपालिका वडा नं २ को नननिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थानीय सरकार आफ्नो कर्तब्यबाट कहिल्यै पछि नहट्ने बताउनुभएको छ । नुवाकोटका हरेक स्थानीय जनप्रतिनिधिहरुले परदर्शिता अपनाउदै विकास निर्माणको काम गरिरहेको उहाँले बताउनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले यदि स्थानीय जनप्रतिनिधिले गल्ती गरे खबरदारी गर्ने काम नागरिकको भएकोले गल्ती गर्ने जनप्रतिनिधीलाई खबरदारी गर्न समेत आग्रह गर्नुभएको छ ।
    यस्तै कार्यक्रममा लिखु गाउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले लिखु गाउपालिकामा क्रमिक रुपबाट बिकासले गति लिइरहेको बताउनुभएको छ । पालिकाबाट सञ्चालित विकासात्मक गतिविधिलाई लिएर कोही कसैले भ्रम छर्ने काम समेत भइरहेकोले त्यस्ता भ्रमको विश्वास नगरिदिन नागरिकहरुलाई आग्रह समेत गर्नुभएको छ । लिखु गाउपालिकाको प्रत्येक वडाको मुहार स्थानीय सरकार आएपछि फेरिएको र समृद्ध लिखु निर्माणमा सिंगो पालिका प्रयासरत रहेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
    यस्तै कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष राजिना राईले लिखु बासीमा आई आइ परेका हरेक समस्याको समाधान गर्न जनप्रतिनिधी तथा कर्मचारी रात दिन नभनि सक्रिय रुपमा काम गरिरहेको बताउनुभएको छ । लिखु गाउपालिकामा विकास निर्माण , कृषि लगायतको क्षेत्रमा आवश्यकता अनुसार काम भइरहेको उपाध्यक्ष राईले बताउनु बताउनुभएको छ ।
    वडा कार्यलयको भवन निर्माण गर्नलाई गत वर्षको फागुन १४ गते सम्झौता भएको थियो । वडा कार्यलयको भवन उद्घाटन कार्यक्रममा लिखु गाउपालिकाका प्रमुख प्रसासकीय अधिकृत छायालाल मोक्तान, वडा १, २, ५ र ६ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
    भवन निर्माणको लागी स्थानिय सन्जिव लामिछाने, लालकुमार ढकाल, खिल प्रसाद लामिछाने र झम्क नेपालले संयुक्त श्रपमा २ रोपनी जग्गा खरिद गरी वडा लाई हस्तान्तरण गरेका थिए ।

    #फिचर

    फेसबुक प्रतिक्रिया