शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पञ्चकन्यामा “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता” हुदै ।

    समिकरण २०७८, २६ मंसिर आईतवार २१:२५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पञ्चकन्या गाउँपालिका “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता”को तयारीमा जुटेको छ ।
    “खेल र खेलाडीबाट सिकौँ अनुशासन र स्वाभिमान, समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान” भन्ने नारा सहित पञ्चकन्या गाउँपालिकाले नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यहि मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष तामाङको अनुसार प्रतियोगिताको प्रथमलाई १ लाख रुपैयाँ, द्धीतियलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
    प्रतियोगिता सहभागी हुन चाहनेले लागि मंगलवारसम्ममा टिम दर्ता गराइसक्नुपर्नेछ । अहिले सम्म प्रतियोगितामा सहभागी हुनलाई ४ वटा टिमले दर्ता गराइसकेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभएको छ । उहाँको अनुसार पञ्चकन्या गाउँपालिकाबाट दुई वटा टिम, म्यागङ गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाबाट एकएक वटा टिम दर्ता भएको छ । तादी गाउँपालिकाले पनि प्रतियोगितामा सहभागी जनाउने जानकारी गराएको भए पनि टिम दर्ता भने नभइसकेको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिनुभएको छ ।
    गाउँपालिकाको वडा नम्बर २ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । युवाहलाई खेलकुदमा लाग्नलाई प्रेरित गर्ने उदेस्यको साथ पालिकाले विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया