शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • मंगलेश्वरी आधारभूत विद्यालयका छात्राहरुलाई छात्रवृत्ति प्रदान

    समिकरण २०७८, २६ मंसिर आईतवार २१:४६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । तादी गाउँपालिका वडा नम्बर १ मा अवस्थित मंगलेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
    “लिभिङ वाटर नेपाल” नामक सस्थाको सहयोगमा ५९ जना छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तामाङको अनुसार ५९ जना छात्राहरुलाई ४ हजार रुपैयाको दरले छात्रवृत्ति वितरण गरिएको हो । विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय आउनलाई प्रोत्साहन गर्न उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष तामाङले बताउनुभएको छ ।
    आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि अन्य पहलहरु गरिरहेको अध्यक्ष तामाङले बताउनुभएको छ । विद्यार्थीको उपस्थिति अनुसार माध्यामिक विद्यालय नै सञ्चालन गर्न सकिने उक्त स्थानमा आधारभुत विद्यालय मात्र रहेको छ । माध्यामिक शिक्षा अध्ययनको लागि उक्त विद्यालयबाट खरानीटार, नर्जा र चोकतेसम्म विद्यार्थीहरु धाउनुपर्ने बाध्यता रहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अर्जुन तामाङले बताउनुभएको छ ।
    जिल्लाको विकट स्थानमा रहेको उक्त आधारभुत विद्यालयमा हाल १ सय ७२ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया