मंगलबार, २४ साउन २०७९
  • adarsha computer nuwakot
  • नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समितिले सहकारी सञ्चालन गर्ने

    समिकरण २०७८, २६ मंसिर आईतवार २१:५४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति नुवाकोट सहकारी सञ्चालनको प्रक्रियामा अघि बढेको छ ।
    “घरेलु उद्यमशिल सेवा सहकारी सस्था” स्थापना गर्नलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति नुवाकोटले केही दिन अघि प्रारम्भिक भेला आयोजना गरिएको थियो । भेलाले मङ्सिर महिना भित्र शेयर रकम जम्मा गरि दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिनुभएको छ ।
    हालसम्म सहकारी सञ्चालनको लागि ३९ जनाबाट ११ लाख रुपैयाँ जम्मा भइसकेको र मंसिर महिना भित्र २५ लाख रुपैयाँ जम्मा गरी सहकारी ऐन अनुसार सहकारी दर्ताको प्रक्रियामा जाने अध्यक्ष राजभण्डारीले बताउनुभएको छ । उद्यमी व्यवसायीहरु ग्रामीण भेगमा हुने र बैङ्कबाट सुविधा लिन असहज परिस्थिति सिर्जना भइरहेकोले नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति सहकारी स्थापना गर्ने मनसायमा पुगेको उहाँको भनाई छ । साना उद्योगीलाई सहज रुपमा वितिय सेवा उपलव्ध गराउन सहकारीको परिकल्पाना गरिएको हो ।
    जिल्लाको ७ वटा स्थानीय तहमा नेपाल घरेलु तथा साना उद्योग महासंघको समिति समेत निर्माण गरिसकिएको छ । पालिका स्तरमा गठित समितिलाई सक्रिय बनाउदै लैजाने जिल्ला अध्यक्ष रामकृष्ण राजभण्डारीले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया