मंगलबार, २४ साउन २०७९
  • adarsha computer nuwakot
  • ढुंगाना र पाण्डेलाई नयाँ जिम्मेवारी

    समिकरण २०७८, २७ मंसिर सोमबार ०९:२५ पढ्न लाग्ने समय < 1 मिनेट


    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नुवाकोटका विन्दा ढुंगाना र केशवराज पाण्डेलाई नयाँ जिम्मेवारी दिएको छ ।
    शनिवार र आइवार बसेको केन्द्रिय कमिटिको वैठकले जिल्ला इन्चार्ज र प्रदेश अध्यक्ष चयन गरेको थियो । उक्त वैठकले केन्द्रीय सदस्य समेत रहनुभएका विन्दा ढुंगानालाई नुवाकोट इन्चार्जको जिम्मेवारी दिएको हो । चितवनमा सम्पन्न १०औँ महाधिवेसनबाट ढुंगाना केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो ।
    यस्तै केशवराज पाण्डेलाई वागमती प्रदेशको अध्यक्षको जिम्मवेवारी दिएको छ । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा (क) बाट प्रदेश सांसद रहनुभएका पाण्डे यस अघि पार्टीको वागमती प्रदेश सदस्य रहनुभएको थियो ।
    केन्द्रिय कमिटिको वैठकले प्रदेश १ मा तुलसी न्यौपाने, २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकुमार शाह र सुदूरपश्चिमा दामोदर भण्डारीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।
    वागमती प्रदेशको अध्यक्षमा चयन हुनुभएका पाण्डेले प्राप्त जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया