बट्टार । गत आर्थिक वर्ष २०७७÷७८ मा सबै भन्दा वढी प्रशुती सेवा उपलव्ध गराउने स्वास्थ्य चौकीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ ।
विदुर नगरपालिका भित्र रहेको १८ वटा स्वास्थ्य सस्थाहरु मध्ये ६ वटामा प्रशुती सेवा उपलव्ध रहेको छ । ती मध्ये सबै भन्दा वढी प्रशुती सेवा प्रदान गर्ने खड्कभञ्ज्याङ स्वास्थ्य चौकी र नुवाकोट स्वास्थ्य चौकीलाई नगरपालिकाले नगद रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले जानकारी दिनुभएको छ । जनस्वास्थ्य निरिक्षक भण्डारीको अनुसार खड्कभञ्जयाङ स्वास्थ्य चौकीलाई १० हजार रुपैयाँ र नुवाकोट स्वास्थ्य चौकीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो । गत आर्थिक वर्षमा खड्कभञ्ज्याङ स्वास्थ्यचौकीले १५ जनालाई र नुवाकोट स्वास्थ्य चौकीले ५ जनालाई सुत्केरी सेवा उपलव्ध गराएको थियो
विदुर नगरपालिका भित्र रहेको स्वास्थ्य चौकीहरु मध्ये खडकभञ्ज्याङ, चारघरे, कल्याणपुर, गेर्खु, तुप्चे र नुवाकोटबाट प्रशुती सेवा उपलव्ध हुने गरेको छ ।
आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै सस्थागत सुत्केरीलाई नगरपालिकाले प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत रहेर ती स्वास्थ्य चौकीहरुलाई सम्मान गरिएको मेयर सञ्जु पण्डितले जानकारी दिनुभएको छ । आफ्नै गाउँको स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिन सकिने भए पनि त्रिशुली अस्पताल लगायत बाहिरी अस्पतालमा सुत्केरी गराउन जाने प्रचलन वढिरहेको छ । आफ्नै गाउँको स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गुणस्तरीय सुत्केरी सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन सकियो भने सेवाग्राही अन्यत्र धाउनु नपर्ने मेयर पण्डितको भनाई छ । आगामी दिनमा पनि स्वास्थ्य चौकीहरुको कार्य मूल्यांकनको आधारमा नगरपालिकाले प्रोत्सहान गर्दै जाने बताउनुभएको छ ।
विदुर नगरपालिकाले स्वास्थ्य सस्थामा नै सुत्केरी गराएको खण्डमा प्रति सुत्केरी ३ हजार रुपैयाँ उपलव्ध गराउदै आइरहेको छ । त्यस्तै कोरोना भाइरस जस्ता खोखिमपूर्ण समयमा स्वास्थ्य सस्थामा नै पुगेर सुत्केरी गराएको खण्डमा २ हजार रुपैयाँ बरावरको पोषण युक्त खानेकुरा उपलव्ध गराउदै आइरहेको उपमेयर गीताकुमारी दाहालले बताउनुभएको छ । कोरोना भाइरस जस्तो विसम परिस्थितमा पनि ज्यानको बाजी थापेर स्वास्थ्य सेवा उपलव्ध गराउन तल्लिन स्वास्थ्यकर्मीहरुलाई पेशाप्रति लगनशिल भई सेवा प्रवाह गर्नलाई हौसाला दिने काम नगरपालिकाले निरन्तर गरिरहेको उपमेयर दाहालको भनाई छ ।