मंगलबार, २४ साउन २०७९
  • adarsha computer nuwakot
  • दुप्चेश्वरमा “रास्ट्रपति महिला उत्थान कार्यक्रम” प्रभावकारी बन्दै

    समिकरण २०७८, २८ मंसिर मंगलवार १९:२७ पढ्न लाग्ने समय 2 मिनेट

    विगत एक वर्ष देखि नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा सञ्चालित “रास्ट्रपति महिला उत्थान कार्यक्रम” मार्फत जोखिममा परेका सुत्केरीहरुको जीवन रक्षा गर्नलाई सहज भएको छ ।
    मंगलवार मात्रै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनीकी माया तामाङको हवाई सेवा मार्फत उद्धार गरिएको छ । मंगलवार विहान करिव १ बजेको समयमा घरमा नै उहाँ सुत्केरी हुनुभएको थियो । सुत्केरी पश्चात सालनाल नछुट्निुको साथै अत्याधिक रक्तश्रावको समस्या देखिएको थियो । गाउँखर्क स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बासुदेव सिटौलाको अथक प्रयासबाट पनि स्वास्थ्यमा सुधार नआए पछि उहाँलाई हवाई उद्दार गरि थापाथली अस्पताल काठमाडौँ पठाइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिनुभएको छ । “रास्ट्रपति महिला उत्थान कार्यक्रम” अन्तर्गत रहेर जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई सेवा मार्फत उद्धार गर्न नजिकको स्वास्थ्य सस्था मार्फत पालिकाको स्वास्थ्य शाखालाई र स्वास्थ्य शाखा मार्फत जिल्ला प्रशासनलाई जानकारी गराउने प्रक्रिया रहेको छ । त्यस्तै जिल्ला प्रशासनले “रास्ट्रपति महिला उत्थान कार्यक्रम” समन्वय इकाईलाई लिखित रुपमा जानकारी गराउनु पर्ने हुन्छ ।
    उक्त प्रक्रिया पूरा गरेको करिव १ घण्टामा जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको उद्धार हुने गाउँपालिकाको अध्यक्ष तामाङले बताउनुभएको छ । कार्यक्रम कार्यन्वयनको लागि लामो प्रक्रिया रहेकोले त्यसलाई छोट्याउन सकेको खण्डमा झनै वढी प्रभावकारी हुने उहाँको भनाई छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मात्रै “रास्ट्रपति महिला उत्थान कार्यक्रम” सञ्चालन भइरहेको छ । करिव १ वर्षमा दुप्चेश्वरका ४ जनाले उक्त सेवा लिइसकेका छन् । ग्रामीण भेगबाट एम्वुलेन्स मार्फत अस्पतालसम्म पुराउदा सेवा लिन ढिला हुन सक्ने कारणले गर्दा आमा र बच्चाको ज्यान नै जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । त्यस्तै वर्षातको समयमा सडकको दुरावस्थाको कारण एम्वुलेन्स लगायतको सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । ती समस्याहरुको विकल्पको रुपमा “रास्ट्रपति महिला उत्थान कार्यक्रम” प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ ।
    विपदको समयमा हेलिकप्टर मार्फत प्रभावित नागरिकहरको उद्धार गर्नुपर्ने हुन्छ । तर हेलिप्याडको अभावको कारण गुणस्तरीय सेवा उपलव्ध नभएको महसुस गरि दुप्चेश्वर गाउँपालिकाले तीन वटा वडामा हेलिप्याड निर्माण गरिसकेको छ । वडा नम्बर १, २ र ३ नम्वर वडामा हेलिप्याड निर्माण भइसकेको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभएको छ । वडा नम्बर ३ मा रहेको हेलिप्याडबाट नै मंगलवार माया तामाङलाई हवाइ उद्धार गरिएको उहाँले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया