मंगलबार, २४ साउन २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा पहिलो चरणमा ३ हजार ७ सय ८३ जनाको मतदाता नामावली संकलन

    समिकरण २०७८, २९ मंसिर बुधबार २१:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा सञ्चालित पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन अवधीमा ३ हजार ७ सय ८३ जनाले फोटो खिचाएका छन् ।
    जिल्ला निर्वाचन कार्यलय नुवाकोटले पहिलो चरण अन्तर्गत रहेर मंसिर १७ गतेदेखि २६ गतेसम्म ६ वटा स्थानीय तहको केन्द्रबाट, जिल्ला प्रशासन कार्यलयबाट र जिल्ला निर्वाचन कार्यलयबाट फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो । उक्त अवधीमा दुप्चेश्वर गाउँपालिकामा ९ सय १०, लिखु गाउँपालिकामा ५ सय ६०, शिवपुरी गाउँपालिकामा ४ सय ३, सुर्यगढी गाउँपालिकामा ३ सय ८९, किस्पाङ गाउँपालिकामा ३ सय र ककनी गाउँपालिकामा ६ सय ८३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यलय नुवाकोटले जनाएको छ । यस्तै जिल्ला प्रशासनबाट ३ सय ९४ जनाले र जिल्ला निर्वाचन कार्यलयबाट १ सय ४४ जनाले मतदाता नामावली बनाएका छन् । यस्तै बाहिरी जिल्लाका २३ जना नागरिकले निर्वाचन कार्यलय नुवाकोटबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
    हाल दोस्रो चरण अन्तर्गत रहेर बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका र तादी गाउँपालिकामा मतदाता नामावली संकलन कार्य भइरहेको छ । ती स्थानीय तहहरुमा पुष ८ गतेसम्म मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख राकेश गुरुङले जानकारी दिनुभएको छ । साथै जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयबाट पनि मतदाता नामावली संकलनको कार्य भइरहेको छ ।
    आसन्न स्थानीय, प्रदेश तथा संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन गरिरहेको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । उमेर पुगेका नागरिकको मताधिकार सुनिश्चित गर्नलाई मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख राकेश गुरुङले आग्रह गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया