शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पञ्चकन्यामा “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता” सुरु, पहिलो खेलमा पञ्चकन्या ‘ए’ विजयी

    समिकरण २०७८, २९ मंसिर बुधबार २१:२२ पढ्न लाग्ने समय < 1 मिनेट

    पञ्चकन्या गाउँपालिकाको आयोजनामा “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता” सुरु भएको छ ।
    “खेल र खेलाडीबाट सिकौँ अनुशासन र स्वाभिमान, समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान” भन्ने नारा सहित वुधवारबाट “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता” सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन पञ्चकन्या ‘ए’ र दुप्चेश्वर बिच प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा पञ्चकन्या ‘ए’ विजयी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभएको छ ।
    प्रतियोगिताको उद्घाटन समारोहलाई संवोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले युवाहलाई खेलकुदमा लाग्नलाई प्रेरित गर्ने उदेस्यको साथ पालिकाले विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतियोगिता सञ्चालन गरेको बताउनुभएको छ । प्रतियोगितामा ५ वटा टिमले नाम दर्ता गराएको थियो । पञ्चकन्या गाउँपालिकाबाट दुई वटा टिम, म्यागङ गाउँपालिका, लिखु गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाबाट एकएक वटा टिम दर्ता भएको थियो । प्रतियोगिताको प्रथमलाई १ लाख रुपैयाँ, द्धीतियलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।
    प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष सीता खड्का पराजुली, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया