शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • खाद्यान्न बाली र तरकारी बालीको बीउ बिजन विक्रि वितरण गर्ने पसलहरुको अनुगमन: बीउ बिजनसँगै विषादीको भण्डारण नगर्न आग्रह

    समिकरण २०७८, १ पुष बिहीबार २१:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटको मुख्य बजार वट्टार र ढुंगेमा सञ्चालित खाद्यान्न बाली र तरकारी बालीको बीउ बिजन विक्रि वितरण गर्ने पसलहरुको अनुगमन गरिएको छ ।
    बीउ बिजन प्रयोगशाला वगमती प्रदेश हेटौडा, कृषि ज्ञान केन्द्र नुवाकोट र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना नुवाकोटको संयुक्त आयोजनामा बीउ बजारको गुणस्तर प्रवर्दनका लागि ८ वटा पसलहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा केही मात्रामा मात्रै म्याद गुज्रिएको तरकारीको बीउ भेटिएको र गुणस्तरीय बीउ विक्रि वितरणमा व्यवसायीहरु सचेत रहेको पाएको बीउ बिजन प्रयोगशाला हेटौडाका बाली विकास अधिकृत कुलप्रसाद दवाडीले बताउनुभएको छ । त्यस्तै व्यवसायीहरुले समयमा नै इजाजत पत्र नविकरण नगरेको समेत पाइएकोले त्यसलाई नियमति गर्नलाई र व्यवसायसँग सम्वन्धीत कागजपत्रहरु सबैले देख्ने ठाउँमा राख्नलाई बीउ बिजन प्रयोगशाला हेटौडाका बाली विकास अधिकृत दवाडीले आग्रह गर्नुभएको छ ।

    पहिलो पटक नुवाकोटमा खाद्यान्न बाली र तरकारीको बीउ बिजन विक्रि वितरण गर्ने पसलहरुको अनुगमन गरिएकोले उपभोक्ताहरु नठगिने गरी व्यवसाय सञ्चालन गर्न उहाँले सुझाव दिनुभएको छ ।
    व्यवसायीहरुले खाद्यान्न बाली र तरकारी बालीको बीउ बिजन र विषादीको भण्डारण एकै ठाउँमा गरिएको पाइएकोले फरक फरक स्थानमा भण्डारण गर्नलाई बीउ बिजन प्रयोगशाला हेटौडाका बाली विकास अधिकृत कुलप्रसाद दवाडीले आग्रह गर्नुभएको छ । एकै ठाउँमा भण्डारण गर्दा बीउ बिजनको उमार शक्तिमा असर पर्ने उहाँको भनाई छ । स्थानीय तहहरुको कृषि विकास शाखामा कार्यरत प्राविधिकहरुसँग समन्वय गरेर बीउ बिजन खरिद गर्नको लागि कृषकहरुलाई उहाँको आग्रह रहेको छ ।
    अनुगमनले गुणस्तरीय सामान विक्रि वितरण गर्नलाई सचेत बनाउनेभएकोले नियमित रुपमा अनुगमनको आवस्यक रहेको ढुंगेमा रहेको बडाल भेट कन्र्सन एण्ड भैरवी पोल्ट्रि सप्लायर्सका सञ्चालकको प्रतिक्रिया रहेको छ ।
    अनुगमनको क्रममा म्याद गइसकेको, उत्पादन मिति र प्रयोग गरिसक्नुपर्ने मिति उल्ल्ेख नगरिएको बीउ बिजन समेत भेटिएको थियो । ती बीउ विजनहरुको नमुना परिक्षणको लागि प्रयोगशालामा लगिएको छ । बीउ बिजन प्रयोगशालाले आगामी दिनमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनासँग समन्वय गरेर नियमित रुपमा ग्रामीण क्षेत्रको बजार समेत अनुगमन गर्ने जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया