शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • तामाङ पत्रकार संघको अध्यक्षमा दोलखाका योन्जन चयन

    समिकरण २०७८, ४ पुष आईतवार ११:४९ पढ्न लाग्ने समय < 1 मिनेट


    नुवाकोट । तामाङ पत्रकार संघको अध्यक्षमा दोलखाका सुवास योन्जन तामाङ चयन हुनुभएको छ ।
    शनिवार सम्पन्न छैटौँ महाधिवेसनले सर्वसम्मत रुपमा उहाँलाई अध्यक्षमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षहरुमा विश्वराज लामा, नेत्र तामाङ र अञ्जु दिम्दोङ चयन भएका छन् । यस्तै महासचिव तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा इकमान लामा, युनिकरक्षे ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र बम्जन तामाङ, कृतिका ग्लान, मिङ्मा लामा रहेका छन् ।
    तामाङ पत्रकार संघको २२ जिल्लामा शाखा, दक्षिण कोरियामा प्रवास शाखा तथा बागमती र प्रदेश १ मा प्रदेश समिति रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया