बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता”को उपाधी पञ्चकन्या ‘ए’लाई

    समिकरण २०७८, ४ पुष आईतवार १२:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता”को उपाधी पञ्चकन्या ‘ए’ले हात पारेको छ ।
    पञ्चकन्या गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता मंसिर २९ गतेबाट सुरु भएको थियो । प्रतियोगिताको फाइनल खेल पञ्चकन्या ‘ए’ र ‘बि’ बिच भएको थियो । पञ्चकन्या ‘बि’ लाई उपविजेता बनाउदै पञ्चकन्या ‘ए’ ले “तेस्रो चेयरमेन कप भलिवल प्रतियोगिता”को उपाधी हात पार्न सफल भएको हो ।
    यस्तै प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका तेश्रो र म्यागङ गाउँपालिका सान्तोना भएको हो । “खेल र खेलाडीबाट सिकौँ, अनुसाशन र स्वाभिमान संमृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान“ भन्ने मूल नाराका साथ सञ्चालित उक्त प्रतियोगिताको विजेतालाई १ लाख रुपैयाँ, दोश्रोलाई ७५ हजार रुपैयाँ, तेश्रोलाई ५० हजार रुपैयाँ र सान्तोनालाई १५ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको थियो ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया